मुख्य खबरसमाचारफिचर

संकटको महामारीमा अहोरात्र खट्ने मकवानपुरका दश सारथी

मणिराज गौतम

जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रले मकवानपुरमा गत बैशाख १९ गतेबाट चरणवद्ध निषेधाज्ञा जारी गर्यो । निषेधाज्ञा जारी भएपछि सबैभन्दा पहिला दैनिक ज्यालादारी गर्ने मजदुरहरु समस्यामा परे । उनीहरुको दैनिकीमा समस्या उत्पन्न भएकाले रोगले भन्दा भोकले मर्ने अवस्थाबाट बचाउन जिल्लाका केहि सामाजिक अभियान्ताहरुको सक्रियता देखियो । संस्थागत होस् या व्यक्तिगत रुपमा यो संकटको महामारीमा युवापुस्ता देखि सामाजिक संघसंस्था र राज्यका निकायहरु निस्वार्थ लागे । हामीले दोस्रो कोरोनाको लहरमा संकटको साथीको रुपमा सक्रियता देखाउने उत्कृष्ट दश व्यक्तित्वहरुलाई चर्चाको हिसाबले मुल्याकंन गरेका छौं । सिधाखबरको रिर्पोटिङमा परेका दश सक्रिय संकटका साथीहरुको चर्चा हामी प्रस्तुत गर्न गइरहेका छौं ।

यो संकट घडीमा सबैभन्दा पहिलो साहाशिक सक्रिय व्यक्तिको रुपमा हेटौंडा अस्पतालका कोभिड १९ फोकल पर्सन डा.सागर काफ्लेको चर्चा निकै छ । डा. काफ्लेले विना नियुक्ति पनि सेवा प्रवाह गर्न पछि परेनन् । २ वर्षका लागि नियुक्त भई अस्पताल आएका काफ्ले म्याद सकिएता पनि सेवाकै हिसाबले भोक निन्द्रा नभइकन २४सैं घण्टा कोभिड विरामीहरुको निगरानीमा उनी हरप्रयास लागे । हेटौंडा अस्पतालमा सिनियर डाक्टर धेरै थिए तर पनि कोरोना संक्रमितको उपचारमा उनीहरुको सहभागिता न्युन रह्यो । कोही विदा बस्ने त कोही काजमा बस्ने प्रवृतिले संकटको घडिमा डा. काफ्ले स्वास्थ्यकर्मीहरुको सहयोगमा एक्लै भिडे । विरामी बचाउन हरप्रयास लागेका उनी कति ठाउँमा असफल पनि भए । सकेसम्म अस्पताल आइपुगेको विरामीलाई सकुशल घरफर्काउने दायित्व डाक्टरको हो । तर पनि कहिले काहीँ विपत्ति सँग हारिदोँ रहेछ डाक्टर काफ्लेको अनुभवले यस्तै भन्छ । सुरुवातको दिनमा विरामी बचाउन निकै कठिन भएको अनुभव उनीसँग छ । अक्सिजनको अभावदेखि वेडको अभावबाट डाक्टर काफ्ले पछाडी परेनन् । उनले वैकल्पिक वेडको व्यवस्था मिलाएर समेत अस्पताल आएका विरामीलाई उपचार हुनबाट बन्चित गरेनन् । यो संकटमा अग्रपंक्तिमा रहेर कोरोना सँग लड्ने एक साहशिक व्यक्तिको रुपमा आफ्नो नाम कमाउन सफल भए भन्दा फरक पर्दैन ।

यस्तै यो संकटको घडीमा हेटौंडा अस्पतालमा मोलिकुलर परिक्षण प्रयोगशालाका ईन्चार्ज प्रशान्त कुमार झा को पनि सक्रियता देखिएको छ । उनी २४ सैं घण्टा पिसिआर परिक्षणमा खटिरहे । उनी सँगको सिङ्गो टोली सबैभन्दा ठुलो जोखिममा पर्दछन् । तर पनि झाको नेतृत्व टोलीले यो संकटमा कामबाट पछाडी हटेनन् । स्वाब परिक्षणको सम्पूर्ण जिम्मा यही टोलीले गर्ने गर्दछ । दुई महिनादेखि झाको टोली अस्पतालले बनाएको क्वारेन्टाइनमा बसेर भए पनि सेवा दिइरहे । दैनिक रुपमा पाँच सय सम्म स्वाब परिक्षण गर्दाको अनुभव सुनाउदैं इन्चार्ज झा भन्छन् परिस्थिती र समयलाई बुझेर २४ सैं घण्टा हामी लागेका छौं र यो विशुद्ध मानवीय सेवा पनि हो ।  अस्पतालले आफुहरुको तलबभत्ता जति दिए पनि यसको प्रवाह आफुहरुमा नभएको उनले बताए । संकटमा काम गर्दा सुरुमा केहि डरत्रास भएपनि सुरक्षित भएर आफुहरु लागेपरेको बताए । दुई महिनादेखि परिवार छोडेर कोरोना परिक्षणमा नडराइकन लागिपर्ने इन्चार्ज झा र उनको सिंगो टोलीलाई यो संकटको साथीको रुपमा इंकित गर्न सकिन्छ ।

दोस्रो लहरको यो कोरोना महामारीमा युवा उमेरमा अस्पताल परिसरमा हेल्प डेक्स बनाएर विरामी तथा विरामी कुरुवाहरुको सेवामा लागिपरेका रामकृष्ण शिवाकोटी र उनको टिम पनि हाम्रो रिर्पोटिङमा संकटको ठुला साथीको रुपमा देखिए । शिवाकोटीले युवा उमेर नेतृत्व गरेको यो हेल्पडेक्सबाट दैनिक रुपमा धेरैले सेवा लिइरहेका छन् । विभिन्न समाजसेवीको सहयोगबाट हेल्पडेक्स सञ्चालन गरिएता पनि शिवाकोटीको नेतृत्व र समन्वय कम ठान्नु हुदैंन । उनी भन्दा पाका उमेरका आर्थिक सम्पन्न भएकाहरु घरमै उनले गरेका काम हेरेर बसीरहे । तर शिवाकोटी र उनको टिम विरामी र विरामी कुरुवाको सेवा तल्लीन भए ।  यो हेल्प डेस्कको योजना बनाइनु नै सबैभन्दा ठुलो श्रेय उनलाई जान्छ । नेतृत्वकर्ता नै जवाफदेही हुने भएकाले संयोजक शिवाकोटीको कामको प्रशंसा गरेका हौं । तपाई विहानै अस्पताल पुग्नुभयो भने शिवाकोटी र उनको टिमले सञ्चालन गरेको हेल्प डेक्सबाट पानी, खाजा लगायत आवश्यक खाना तथा स्वास्थ्य सामाग्रीहरु निशुल्क रुपमा वितरण गरिरहेको देख्न सकिन्छ । सरिखेत पलासेंका एक विरामी कुुरुवाले हामीलाई हेल्पडेक्सबाट पाएको सुविधाले आफुलाई धेरै सहयोग पुगेको बताए । उनले भने विरामी आइसियुमा छ, छोडेर कहाँ जाउ, डाक्टरले जतिखेर पनि बोलाउन सक्छन् खानेकुरा समयमा लानुपर्यो साथमा पैसा छैन घर टाढा छ हेल्पडेक्स भएका कारण यी सबै कुराहरु म जस्ता गाउँका मान्छेले यहीँ प्राप्त गर्न पाउँदा निकै खुसी लागेको उनले सुनाए । यी कारण हेल्प डेक्स अस्पतालमा आवश्यकता थियो । यस्तो समस्या समाधान गर्न खोलिएको कारण संयोजककर्ता शिवाकोटी र उनको टिम संकटको ठुलो साथीको रुपमा बन्न सफल भए ।

यस्तै तरुण नेता सुनिल गिरीको सक्रियता पनि यो संकटको बेला उत्तिकै उर्जाशील देखियो । उनी दिनरात नभनी विरामीलाई अक्सिजन अभाव हुनबाट बचाउन लागि परे । सामाजिक व्यक्तित्वहरुको सहयोगमा उनले देखाएको अग्रसरता कम छैन् । उनको अग्रसरतालाई सामाजिक सञ्जालमा धेरैले प्रशंसा गरिएको देखियो । कोभिड संक्रमितका समस्या र उनीहरुको परिवारलाई परेको समस्या उनी दिनरात लागि रहे । उनले अस्पतालमा सरसफाइ देखी जनप्रतिनिधिहरुमा यो संकटको बेला लागि पर्न खबरदारी गरिरहे । हेटौंडा उपमहानगरको कार्यालयको उपमेयरको कोठामा गोप्यरुपमा लगाइरहेको कोभिड खोपको भिडियो सार्वजानिक गरेर उनले गलत प्रक्रियाको प्रर्दाफास गरेर जनप्रतिनिधिप्रति खबरदारी गरे । यती मात्र होइन दैनिक ज्यालादारी गर्ने परिवारलाई घरघरमा खाद्यान्न सहयोग गरेर पनि उनले आफुलाई समाजसेवी बनाए । यो हिसाबमा उनी पनि संकटको बेला निस्वार्थ खटिने व्यक्तिको रुपमा रहे ।

यस्तै, सहयोगी मन नेपालका सञ्चालक केदार चौलागाई पनि हाम्रो रिर्पोटिङमा संकटको बेला अग्रपंक्ति खटिने संकटको साथी बनेका छन् । विभिन्न स्थानमा चाहे आइसोलेसन होस् या विरामीको घरमा उनी दिनरात खाद्यान्न सामाग्री वितरणमा लागि रहे । आफ्नै खर्चमा गुजरा चलाउन नसेका दिनदुखी माथी उनको दया कहिल्यै घटेन । उनले अटो एम्बुलेन्स चालकहरुलाई पिपिईसेट सहयोग गरेर जोखिमबाट बचाउने प्रयास मात्र गरेनन् की हेटौंडा अस्पताल तथा मकवानपुरमा सञ्चालित विभिन्न हेल्पडेक्स मार्फत गरेको सहयोग कमको छैन् । दीर्घरोगीहरुको लागि अक्सिजन सिलिण्डर बोकेर घरमै पुगेका उनले गतवर्ष पनि निषेधाज्ञाका बेला बिचल्लीमा परेका हरुलाई उद्दार गर्ने महान कार्यपनि गरेका थिए । यसैले हाम्रो नजरमा सहयोगी मन र केदार चौलागाई संकटका साथी बने ।

यो संकटमा संस्थागत तर्फ नेपाली काँग्रेस कोभिड १९ अनुगमन समितिका संयोजक उत्सव इटेनी र उनको टिमको पनि ठुलो भूमिका रह्यो । उनको नेतृत्वले बुटवल सम्म पुगेर अक्सिजनको चरम अभावलाई टार्ने ठुलो प्रयास गरे । उनले सुरु गरेको अक्सिजन सिलिण्डर सहयोगले धेरै विरामीलाई मृत्युहुनबाट बचायो । स्वास्थ्य सामाग्री वितरण देखी खाद्यान्न वितरणमा समेत यो टिमको सक्रियता रहेको छ । इटेनीले व्यक्तिगत खर्चमा पनि धेरै कोभिड लक्षित सहयोगहरु गरेको पाइएको छ । उनी र उनको टिमपनि यो संकटमा अहोरात्र खटिने साथीको रुपमा देखिएको छ । यो सँगै नेपाली काँग्रेस मकवानपुरले गरिबदिन दुखीहरुलाई वितरण गरेको राहत प्याकेज पनि उल्लेख्य छ । अन्यपार्टी तथा संगठनहरुले राहतको प्याकेज वितरण गरिएको खासै देखिएन । काँग्रेसले राक्सिराङदेखी हेटौंडा उपमहानगरभित्रका न्युन वर्गिय परिवारलाई वितरण गरिएको खाद्यान्न राहतले यस संकटको घडिमा अर्को सामाजिक सेवा गराउन सफल रहेको देखियो ।

संस्थागत रुपमा लाइन्स क्लब अफ मकवानपुर र सिंगो टिमले अक्सिजन बैंक खोलेर निशुल्क अक्सिजन सेवा प्रवाह गरेको कार्यपनि यो संकटमा उल्लेख्य कार्यमा पर्दछ । लायन्सकर्मीको व्यक्तिगत सहयोगमा जिल्ला प्रहरी कार्यालय परिसरमा निशुल्क अक्सिजन वितरण गरेपछि अन्य सामाजिक व्यक्तिहरुलाई ध्यानाकर्षण पार्न भूमिका खेल्यो । यो सुरुवातले सञ्चारजगतमा निकै चर्चा पायो । यसपछि अक्सिजन अभाव कम गर्न विभिन्न संघसंस्थाहरु लगि पर्न बाध्य भए । क्लबले अस्पताललाई पिपिई सेट देखी अन्य स्वास्थ्य सामाग्री वितरणले पनि विरामीको सेवा प्रवाह गर्न डाक्टरहरुलाई ठुलो सहयोग पुग्यो । यसले पनि लायन्स क्लब अफ मकवानपुर संकट टार्ने पहरेदारको रुपमा रहन गयो ।

यस्तै संस्थागत मकवानपुर उद्योग वाणिज्य संघको नेतृत्वमा विभिन्न नीजि तथा सामाजिक संघसंस्थाको सहभागितामा सञ्चालित कोभिड हेल्प डेक्स मकवानपुरले यो संकटमा अक्सिजन सहित आइसोलेसन सञ्चालन गरेर उल्लेख्य भूमिका निर्वाह गरिरहेको छ । कोरोना संक्रमितहरुलाई आइसोलेसनले ठुलो राहत दिएको छ । निशुल्क रुपमा सञ्चालित यो आइसोलेसन व्यवस्थित र सुविधा सम्पन्न आइसोलेसन हो । यसको साथै हेल्प डेक्स मार्फत विरामीलाई दिएको सुविधा यो संकटमा वर्णन गरि साध्य छैन् । यस्को परिकल्पनाकारको रुपमा हामीले मकवानपुर उधोग बाणिज्य संघ र नारायणी यातयात ब्यबसायी संघको नेतृत्वलाई धन्यबाद दिनुपर्छ । जस्ले सबै नीजि तथा सामाजिक संघसंस्थाको सहभागिता बनाएर अगाडी बढ्न सफल भयो ।

रोटरी क्लब अफ मकवानपुरले यो संकटको बेला दैनिक ज्यालादारी गर्ने मजदुरीलाई विहानको खाना निशुल्क खुवाएको छ । निषेधाज्ञाको बेला खाना खान अभाव भएकालाई, हेटौंडा अस्पतालमा कुरुवा बसेकालाई समेत दैनिक विहानको खाना खुवाएका थिए । यो कार्यमा उल्लेख्य भूमिकाको नेतृत्व गर्ने समाजसेवी सिद्धीलाल श्रेष्ठ पनि धन्यवादको पात्र छन् । निषेधाज्ञाभर करिब चार हजार भन्दा बढीलाई खाना खुवाएर संकटका साथी बन्न सफल भए । यो कार्यक्रममा क्लबका अध्यक्ष कविन साँगामीको संयोजनलाई पनि भूल्न सकिदैन् ।

कोरोना संक्रमितको मृत्यु पश्चातको शव व्यवस्थापनमा खटिने नेपाली सेनाको टोली होस् या प्रमुख जिल्ला अधिकारी भरत मणि पाण्डे र जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरिक्षक सोमेन्द्र सिं राठोर, सशस्त्र प्रहरीका टोली,हेटौडा उपमहानगरपालीका,युवा संघ,नेकपा माओबादी केन्द्र मकवनपुर,जिल्ला युवा समिति मकवानपुरका अध्यक्ष शिबहरी दाहालको सक्रियता उल्लेख्य देखियो ।

यो संकटमा बैंकर्स, जेसीज युवा, जनप्रतिनिधि, रेडक्रस सोसाइटी जस्ता संघसंस्थाको खासै सक्रियता देखिएन् । सामान्य रुपमा स्वास्थ्य सामाग्री बाढ्ने बाहेक अन्य क्रियाकलाप यो संकटमा नपाइनु हाँस्यापद रहेको छ । हुन त यो संकटको महामारीमा धेरैले आआफनो तर्फबाट भुमिका खेले तर पनि आफनो प्रबाह नगरीकन अहोरात्र खट्ने मकवानपुरका यी सारथीहरुलाई समाजसेवाका हिसाबले सामीक संजालहरुमा बधाई र धन्यबादका लहरहरु आईरहेकाछन् ।