मुख्य खबरसमाचारफिचरप्रवास

एनआरएनए बेलायतको नयाँ नेतृत्वको लागी मतदान सम्पन्न

संवाददाता

बेलायत/ ग़ैर आवासीय नेपाली संघ बेलायतको नयाँ नेतृत्वको लागी अनलाइन मतदान भर्खरै सम्पन्न भएको छ। कुल ३५०१ मतदाता मध्ये २ हजार ३ सय ४४ मत खसेको निर्वाचन समितिले जनाएको छ ।

ग़ैर आवासीय नेपाली संघ (एनआरएनए) बेलायतको अध्यक्ष, खुला उपाध्यक्ष, स्कटल्याण्डबाट प्रतिनिधित्व गर्ने उपाध्यक्ष, महासचिव, सचिव, इंग्ल्याण्ड राज्य परिषद अध्यक्ष र आइसीसी सदस्य पदका लागि भेरो भोटिङमार्फत अनलाइन मतदान गरिएको हो । मतदान बेलुका १० बजेसम्मको लागी तोकिएको थियो ।

बेलायतको एनआरएनएमा एक अध्यक्षका लागि तीन जना राजेन्द्र पुडासैनी, मनिष खत्री र गोविन्द खरेलको त्रिपक्षीय रोचक प्रतिस्पर्धा छ र दुई खुला उपाध्यक्षका लागि चार जना डा रक्षा थापा, शम्भुप्रसाद अर्याल, उज्ज्वल कार्की र ज्ञानेन्द्र आलेको उम्मेद्वारी परेको छ भने स्कटल्याण्डबाट प्रतिनिधित्व गर्ने एक उपाध्यक्षका लागि दुईजना शशि कार्की र राम प्रसाद कंडेल , एक महासचिव पदका लागि दुईजना रेग्मी र दिवाकर पाण्डे र दुई सचिव पदमा तीन जना डिएन खराल, भूपाल कार्की र कृष्ण देवकोटाले उम्मेदवारी दिएका थिए।

इंग्लैण्ड राज्य परिषद अध्यक्षको एक पदका लागि दुई जना अहिल्या कुँवर र राममाया विष्ट तथा तीन जना आइसीसी सदस्यका लागि चार जना आइसीसी सदस्यहरु तुंगभद्र भुषाल, देउमान इजम, छविलाल अर्याल र विष्णु खरेल उम्मेदवारका रूपमा चुनावी प्रतिस्पर्धामा रहेका छन्

निर्वाचन समितिका अनुसार आज शनिबार मध्यरात अगाबै नतिजा घोषणा गर्ने योजना रहेको छ । निर्वाचित कार्यसमितिको पदस्थापन कार्यकार्यक्रम भने आईतबार हुने जानकारी दिईएको छ।