
मकवानपुरमा जारी भएको निषेधाज्ञा एक हप्ता थपिने भएको छ । ७ गते सोमबार राती सम्म जारी निषेधाज्ञा आइतबार जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रको बसेको बैठकले एक हप्ता निषेधाज्ञा थपिएको हो ।
यस अघि जारी भएको निषेधाज्ञामा विहान मोवाईल, कमप्युटर, स्टेशनरी खुला गरिएको थियो अबका दिनमा थप भाँडाकुडाँ, फर्निचर र कपडा पसल १२ बजे देखी ४ बजे सम्म खुला रहने प्रमुख जिल्ला अधिकारी भरत मणि पाण्डेले बताए । सवारी साधनमा भने जोरविजोर लागु गरि अटो मयुरी पनि सञ्चालन गरिने बताएका छन् ।








