मुख्य खबरसमाचारफिचर

मुख्यमन्त्रीलाई प्रजिअ मार्फत पत्रकारको ज्ञापनपत्र

संवाददाता

खबरबाकस \ मकवानपुरका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डे मार्फत बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेललाई नेपाल पत्रकार महासंघ मकवानपुर शाखाले ज्ञापन पत्र बुझाएको छ । बागमती प्रदेश सरकारले नीजि तथा सामुदायिक स्तरबाट सञ्चालित सञ्चारमाध्यमलाई घाटी निमोठेर स्वतन्त्र प्रेस र नागरिकका आवाजहरुलाई दबाउने मनासयले लोकतन्त्रको मूल्य मान्यतालाई समेत उपहास हुने गरी आफैंले सञ्चारमाध्यम खोल्न बजेट विनियोजन गरेकोप्रति गम्भीर आपत्ति जनाउदैं ज्ञापनपत्र बुझाइएको हो ।

देशभर दर्ता भएका पत्रपत्रिका, रेडियो, टेलिभिजन र अनलाईन सञ्चारमाध्यममध्ये ६६ प्रतिशत बागमती प्रदेशभित्र रहेको छ । नेपाल पत्रकार महासंघको कुल सदस्य संख्याको ४८ प्रतिशत बागमती प्रदेशभित्र छन् । अन्य प्रदेश सरकारले आमसञ्चार जगतको संरक्षण, प्रवर्धन तथा क्षमता अभिवृद्धिका लागि पुँजीगत अनुदानदेखि लोककल्याणकारी विज्ञापनका लागि समेत बजेट विनियोजन गरेको छ । तर ठिक त्यसको बिपरित बागमती प्रदेश सरकारले प्रदेश सरकारको नियन्त्रणमा रहने गरी आम सञ्चारमाध्यम स्थापना र सञ्चालन गर्न दश करोड विनियोजन गरेको छ ।

No description available.

एकातर्फ जनताको सेवामा समर्पित हुनुपर्नेमा आफैं सञ्चार गृह खोल्नेतिर लाग्नुले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई कुण्ठित बनाउने दिशामा प्रदेश सरकार अघि बढेकोमा विरोध जनाउदैं महासंघ अघि बढ्ने अध्यक्ष मणिराज गौतमले बताए । महासंघसँगै सिङ्गो सञ्चार क्षेत्रले उठाएका विषयहरु सम्बोधन नगरी स्वतन्त्र प्रेस, लोकतन्त्रको मुल्य मान्यता विपरित प्रदेश सरकार आफैले आम सञ्चारगृह स्थापना गर्ने गरी बजेट ल्याएकोप्रति हामी कडा शब्दमा बिरोध गरिने अध्यक्ष गौतमले बताए ।

यस सन्दर्भमा सञ्चारमाध्यमको प्रवर्धन र सञ्चारकर्मीहरुको हितमा बजेट ल्याउन माग गर्दै सरकार आफैले आम सञ्चारगृह सञ्चालन गर्ने निर्णय फिर्ता लिन माग गर्दछौं । उक्त निर्णय फिर्ता नभए महासंघ हामी आन्दोलनमा उत्रन बाध्य हुने जनाइएको छ । ज्ञापनपत्र बुझाउने कार्यक्रममा महासंघ केन्द्रीय सदस्य सुनिल खड्का, प्रदेश महासंघ संस्थापक अध्यक्ष प्रताप विष्ठ, प्रदेश उपाध्यक्ष रुपेश दुलाल, महासचिव कृष्ण सारु मगर, जिल्ला निवर्तमान अध्यक्ष हरि हुमागाई, जिल्ला अध्यक्ष मणिराज गौतम लगायत मकवानपुरका सञ्चारकर्मीहरुको सहभागिता रहेको थियो ।