मुख्य खबरसमाचारफिचर

बागमती प्रदेशको युवा परिषद उपाध्यक्षमा चौलागाई मनोनित

संवाददाता

हेटौंडा \  नेकपा एमाले मकवानपुरका युवा नेता सन्तोष चौलागाइँ बागमती प्रदेशको युवा परिषद उपाध्यक्ष पदमा मनोनित भएका छन् ।
शुक्रबार बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले चौलागाईलाई युवा परिषद्को उपाध्यक्षमा नियुक्त गरेका हुन् । उनले शुक्रबारै पद तथा गोपनीयताको सपथ लिएका छन् ।

मुख्यमन्त्री पौडेलको उपस्थितिमा प्रदेशको सामाजिक विकास मन्त्री सरस्वती बस्नेतले चौलागाइँलाई युवा परिषद् उपाध्यक्षको सपथ गराएकी हुन् । युवा परिषदमा उपाध्यक्ष नियुक्त भएसंगै प्रदेशमा युवाको नीति निर्माण गर्न र योजना कार्यान्वयन गर्न सहज हुने मुख्यमन्त्री पौडेलले बताए ।

बागमती प्रदेशको युवा परिषद्को उपाध्यक्षको लागि १६ जनाको आवेदन परेकोमा सामाजिक विकास मन्त्रालयले ६ जनालाई अन्र्तवार्ताका लागि छनौट गरेको थियो । चौलागाईंले यसअघि जिल्ला युवा परिषद् मकवानपुरको अध्यक्ष भएर काम गरेका थिए ।