
खबरबाकस \ सरकारले ६२ वर्ष देखी ६४ वर्ष उमेर समूहका नागरिकका लागि लागि भनी ल्याएको पहिलो चरणको भरोसिल खोप मकवानपुरमा ६ हजार पाँच सय खोप आएकोमा चार हजार ४७० जनाले लगाएका छन् । उमेर समूह भन्दा बाहिर गोप्य रुपमा खोप लगाएको समाचार आएपछि जिल्ला प्रशासन कार्यालयले चासो राखेको छ । आइतबार जिल्ला प्रशासन कार्यालयमा बसेको कोभिड १९ सम्बन्धी जिल्ला खोप समन्वय समितिको बैठकले गत जेठ २५ गते देखी २८ गते सम्म मकवानपुरका दश वटै स्थानीय तहहरुमा खोप अभियान सञ्चालन गर्दा कसकसले खोप लगाए विवरण सहित मंगलबार सम्म पेश गर्न स्वास्थ्य कार्यालय मकवानपुरलाई निर्देशन दिएको छ ।
जथाभावी रुपमा आफुखुसी स्वास्थ्यकर्मीहरुले खोप अभियान सञ्चालन गरेपछि पहँुचवालाहरुले खोप लगाएका थिए । सामाजिक सञ्जालहरुमा उछितो काट्न थालिएपछि विवरण खोज्न थालिएको हो । बैठकमा स्वास्थ्य कार्यालयले दिएको तथ्याङ्क अनुसार हेटौंडा उपमहानगरले २ हजार ७ सय लिएकोमा २ हजार २३० खोप लगाइएको तथ्याङ्क पेश गरिएको छ । बाकीँ खोप नगरपालिकाले फिर्ता नपठाएको स्वास्थ्य कार्यालयका प्रमुख प्रणय कुमार उपाध्यायले बताए ।
जथाभावी रुपमा आफुखुसी स्वास्थ्यकर्मीहरुले खोप अभियान सञ्चालन गरेपछि पहँुचवालाहरुले खोप लगाएका थिए । सामाजिक सञ्जालहरुमा उछितो काट्न थालिएपछि विवरण खोज्न थालिएको हो । बैठकमा स्वास्थ्य कार्यालयले दिएको तथ्याङ्क अनुसार हेटौंडा उपमहानगरले २ हजार ७ सय लिएकोमा २ हजार २३० खोप लगाइएको तथ्याङ्क पेश गरिएको छ । बाकीँ खोप नगरपालिकाले फिर्ता नपठाएको स्वास्थ्य कार्यालयका प्रमुख प्रणय कुमार उपाध्यायले बताए ।
यसैगरी थाहानगरमा ६८५ खोप लिएकोमा ४०८ खोप लगाइएको र २७८ फिर्ता गरेको छ । इन्द्रसरोवर गाउँपालिकामा १९२ खोप पाएकोमा ६४ खोप लगाएको र १२६ फिर्ता गरेको छ । त्यस्तै, कैलाश गाउँपालिकामा ३६८ खोप लिएकोमा १७५ खोप लगाइएको र १८९ फिर्ता गरेको छ । बकैयामा ४८६ खोप लिएकोमा २७७ खोप लगाइएको र १६७ फिर्ता गरेको छ । बागमती गाउँपालिकामा ४३४ खोप लिएकोमा ३७८ खोप लगाइएको र ४३ फिर्ता गरेको छ । मनहरीमा ५३६ खोप लिएकोमा २१९ खोप लगाइएको र २८४ फिर्ता गर्न बाकीँ रहेको छ ।
त्यस्तै, भीमफेदीमा ३९३ खोप लिएकोमा १२९ खोप लगाइएको र २०९ फिर्ता गरेको छ । ६८५ खोप लिएकोमा ४०८ खोप लगाइएको र २७८ फिर्ता गरेको छ । राक्सिराङमा २०० खोप लिएकोमा १५७ खोप लगाइएको र ४३ फिर्ता गर्न बाकीँ रहेको छ । मकवानपुरगढीमा ३९३ खोप लिएकोमा ३३१ खोप लगाइएको र ६० फिर्ता गरेको छ । त्यस्तै स्वास्थ्य कार्यालयको स्टोरबाट ११३ खोपमा १०२ प्रदेश सभा भवनमा लगाइएको र ११ खोप बाकीँ रहेको तथ्याङ्कमा उल्लेख छ ।
यस हिसाबमा स्वास्थ्य कार्यालय मकवानपुरमा २ हजार ३० खोप फिर्ता हुनुपर्नेमा १ हजार ८३ मात्र फिर्ता भएको तथ्याङ्क छ । यस बीचमा हेटौंडा ६ स्थित आयु पोलिक्लिनकबाट लगाइएको र हेटौंडा उपमहानगरका उपमेयरको चेम्बरमा गोप्यरुपमा लगाइएको कोभिडशिल्ड खोपको तथ्याङ्क कतैपनि उल्लेख गरिएको छैन् । साथै आइतबार मात्रै मकवानपुरका एक नेताको घरमा लगाइएको भेरासिल खोप कहाँबाट लगेर लगाइएको हो यो पनि गोप्यनै छ ।
समितिको बैठकमा स्वास्थ्य कार्यालयको चर्को आलोचना भएको थियो । स्वास्थ्य कार्यालय कहाँ चुक्यो यसको स्पष्टिकरण कार्यालयले दिन सकेका छैनन् । खोप व्यवस्थापनमा स्वास्थ्य कार्यालयका प्रमुख चुकेका हुन् । उनको व्यवस्थापकीय क्षमता कमजोर देखियो । पहुँचवाला नेता तथा जनप्रतिनिधिहरुको दवाबले आफुहरु चुकेको प्रमुख उपाध्यायले बताए । दोस्रो चरणको कोभिडशिल्ड खोपलाई केही दिनभित्र नलगाइए २ भायल खोप प्रयोग गर्न अयोग्य रहने जनाइएको छ ।








