
मकवानपुरमा जारी निषेधाज्ञा असार ७ गते सम्मलाई लम्बिएको छ । जिल्ला कोभिड१९ व्यवस्थापन केन्द्रको आइतबार बसेको बैठकले ७ गते सम्म केहि सहजताका साथ निषेधाज्ञा लम्बाउने निर्णय गरेको हो ।
विहान ४ बजे देखी ९ बजे सम्म खाद्य तथा दैनिक उपभोग्य वस्तुको विक्रीका लागि खुलाइएकोमा अब मोवाइल, कम्प्युटर व्यवसाय पनि १० बजे सम्म सञ्चालन गरिने जनाइएको छ । साताको तीन दिन खुल्ला रहेको बैंक अब ६ दिननै खुल्ला रहने निर्णय गरिएको छ । र अन्य व्यवसाय भने पूर्णरुपमा बन्द रहने जनाइएको छ ।








