
मकवानपुर कोरिया मञ्च दक्षिण कोरियाद्वारा हेटौंडा अस्पताललाई स्वास्थ्य सामाग्री वितरण गरिएको छ । आइतबार हेटौंडा उपमहानगरपालिका र नेपाल पत्रकार महासंघ मकवानपुरको समन्वयमा स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको हो ।
उपमहानगरपालिकाका प्रमुख हरिबहादुर महतले अस्पतालका अध्यक्ष राजेश प्रसाईलाई स्वास्थ्य सामाग्री अस्पतालमा आयोजित एक कार्यक्रमका बीच हस्तान्तण गरेका हुन् । मञ्चले १२० थान पिपिई सेट , ७५० वटा सर्जिकल ग्लोब्स, दुई हजार पिस माक्स र हेल्थ डेस्कलाई ५० कार्टुन पानी सहयोग गरेको हो ।
स्वास्थ्य सामाग्री हस्तान्तरण गर्दै मेयर महतले कोरिया मञ्चले समय समयमा सहयोग कार्य गरेर सामाजिक काममा सक्रियता देखाएको भन्दै निरन्तरता दिन पनि आग्रह गरे । मञ्चको अध्यक्ष सुर्य रुम्बा, पुर्व अध्यक्ष रमेश उप्रेती, राजकुमार गोले, दुर्गा दाहाल र महासचिव शुभराज भोम्जन लगायतको सक्रियतामा करिव दुई लाखभन्दा बढिको स्वास्थ्य सामाग्री सहयोग गरिएको हो ।
साथै आज मकवानपुरगढी गाउँपालिकाको स्वास्थ्यचौकीलाई पनि ७० हजार बराबरको स्वास्थ्य सामाग्री हस्तान्तरण गरिने मञ्चका पुर्व अध्यक्ष रमेश उप्रेतीले जानकारी दिए ।








