
श्रीराम अर्जुन
बागमती प्रदेश सरकारको ल्याएको आव २०७८/०७९को वार्षिक नीति तथा कार्यक्रमका विषयमाथी छलफल गर्दा ४७ प्रदेश सभा सदस्यले उठाएका प्रश्न तथा सुझावका जवाफ दिन रोष्टम पुगेका मुख्यमन्त्री डोरमणि पौडेलले छलफलमा उठेका प्रश्नको जवाफ भन्दा पनि प्रधानमन्त्रीप्रति व्यक्त भएका अभिव्यक्ति प्रति आक्रोश हुदै जवाफ दिएका थिए । उनले मेरो नेता, म श्रद्धा गर्छु, आदार गर्छु मान्छु र मलाई यहाँ सम्म पु¥याउने नेताप्रति दिइएको अभिव्यक्ति प्रतिले अपमान भएको भन्दै आक्रोशित भएका थिए ।
उनले सुझाव तथा प्रश्नहरु आक्रोशपूर्ण, संविधान विपरित, अशिष्ट भाषाको प्रयोग र केहि मनन् योग्य रहेको समेत रहेको बताए । धेरैजसो सुझाव प्रदेश सरकार भन्दा पनि संघीय सरकारप्रति आलोचना गर्दै अभिव्यक्ति दिएकोले आफु यस विषयमा केहि नबोल्ने बताए ।
सविधानमा टेकी प्रदेश सरकारको नीतिमा रहि जुन घेरामा प्रदेश सरकार छ त्यहि घेरामाभित्र रहि हामीले काम गर्नुपर्ने बताउदैं मुख्यमन्त्री पौडेलले यस वर्षको बजेट कोभिड केन्द्रीत रहि प्रदेशका सबै जिल्लामा खोप लगाउने तयारी रहेको बताए । हामीले समाजवाद उन्मुख कार्यक्रम र बजेटको तयारी गरिएका छौं । प्रदेश सरकारले सबै जिल्लाका अस्पतालमा अक्सिजन प्लान्ट सहित अन्य आवश्यक ईकुमेन्ट सहितका सामाग्री एक साताभित्र जडान गरि सञ्चालनमा ल्याइने बताए ।
विद्युतिय बसको विषयमा बोल्दै पौडेलले संघीय सरकारको सहलगानीमा सञ्चालन गरिने बताउदैं सुरुङमार्ग निर्माणको लागि पनि संघीय सरकारको सहलगानीमा निर्माण गरिने बताए । ४ वर्ष भित्रमा निर्माण सकिने गरि २ अर्ब खर्चमा सुरुङमार्गको काम गरिने मुख्यमन्त्री पौडेलले बताए । उनले प्रदेश सरकारको वार्षिक नीति तथा कार्यक्रम सबैको साझा रहेकाले मिलेर अघि बढ्न आग्रह गरेका छन् ।








