मुख्य खबरसमाचारफिचर

प्रधानमन्त्रीमाथि दिएको अभिव्यक्ति प्रति माफी माग्छु: बैद्य

संवाददाता

हेटौंडा \ पाली काँग्रेसका बागमती प्रदेश सदस्य नरोत्तम वैद्यले हिजो(शुक्रबार) प्रदेशसभाको बैठकमा  प्रधानमन्त्रीले देश खाइसके त्यसैले देशमा कोही नाथुराम गोट्से जस्ता व्यक्ति आवश्यक परेको छ भन्दै दिएको विवादित अभिव्यक्ति प्रति माफी माग्ने बताएका छन् । आज बस्ने संसद बैठकमा माफी माग्ने बताएका हुन ।

बैद्यले देशको परिस्थीति र प्रधानमन्त्री ओलीको गतिविधि देखेर दिक्क लागेर आवेगमा त्यसो भनेको बताउदै आज बस्ने प्रदेशसभाको बैठकमा माफी माग्ने प्रष्ट खबरलाई बताए।उनको अभिव्यक्ति प्रति चौतर्फी आलोचना भएपछि नेपाली कांग्रेसका प्रवक्ता विश्व प्रकाश शर्मा र कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता ईन्द्र बहादुर बानियाँले बैद्यले आफुले दिएको अभिव्यक्ति प्रतिआत्मआलोचना गर्नु पर्ने बताएका थिए। बागमती प्रदेश सभाको बैठक आज(शनिबार) दिउँसो ११ बजेका लागि बोलाइएको छ ।