
खबरबाकस \ मकवानपुरमा शुक्रबार ४४ जना कोरोनाका संक्रमित थपिएका छन् । १०७ जनाको स्वाव परिक्षण गर्दा ४४ जनामा कोरोना पुष्टि भएको हेटौँडा उपमहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक भोलाप्रसाद चौँलागाईले बताएका छन् ।
त्यस्तै मकवानपुरगढीका २ जना, भीमफेदीका १ जना, मनहरीका १ जना, थाहानगरका १, जिल्ला बाहिरका १ जनामा संक्रमण पुष्टि भएको जनस्वास्थ्य निरीक्षक चौलागाईले बताएका छन् । संक्रमित हुनेमा ६ जना बालबालिका रहेका छ । संक्रमित हुने मध्ये २१ महिला, २३ पूरुष रहेका छन् ।









