मुख्य खबरसमाचारफिचर

चेपाङ बस्ती खैराङमा खाद्यान्न वितरण

संवाददाता

 खबरबाकस \ चेपाङहरुको बसोबास भएको मकवानपुरको विकट गाउँपालिका राक्सिराङ गाउँपालिकाको वडा नम्बर ९ खैराङमा राहत वितरण गरिएको छ । कोरोना महामारीका कारण खाद्य संकट भएपछि नेपाली कांग्रेस मकवानपुरले गाउँपालिकालाई हस्तान्तरण गरिएको खाद्यान्न चामल, दाल, नुन मसला एक हजार घरपरिवारलाई वितरण गरिएको हो ।

No description available.

विकट खैराङमा ५५२ घरधुरी कांग्रेसले पठाएको खाद्यान्नमा इस्थर बेन्जामिन स्मृति संस्थाले पनि चामल सहितका अन्य खाद्यान्न थप ३२० घरपरिवारलाई वितरण गरिएको हो । चेपाङ समुदायमा जंगलमा गिठ्ठा भ्याकुर र घरमा रहेको खाद्यान्न सकिएपछि खाद्य संकट भएको गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लले बताउनुभयो । राक्सिराङको अतिनै गरिबी रहेका खैराङको छाप्राङ, तालिङटोल, च्याउराङ, अठारे, पार्सिङवाङका चेपाङ-तामाङ परिवार र वडा नम्बर ७ कांकडाका धिराङ दामराङ चरिमारा, खर्लिङ, गर्लिङका चेपाङ र तामाङलाई चरणबद्ध शुक्रबार देखि खाद्यान्न वितरण गरिरहेको अध्यक्ष मल्लले बताउनुभयो ।No description available.

विभिन्न सामाजिक तथा गैरसरकारी संस्थाहरुबाट प्राप्त भएका खाद्यान्नलाई चेपाङ तथा तामाङ परिवारलाई टोल सुधार समितिको सिफारिशमा खाद्यान्न वितरण गरिरहेको बताउनुभयो । खाद्य पदार्थमा मकै कोदो उत्पादन हुने राक्सिराङमा बढिमा ६ महिना सम्म उत्पादित खाद्यान्न प्रयोग गर्न पुग्दछ । ३७ प्रतिशत चेपाङ र ५२ प्रतिशत तामाङहरुको बसोबास रहेको राक्सिराङका चेपाङ-तामाङहरु दैनिक ज्यालादारी गर्न हेटौंडा, चितवन, काठमाडौं जाने गर्दछन् तर कोरोना महामारीले अहिले घरमा बस्नबाध्य रहेका छन् ।