मुख्य खबरसमाचारफिचर

मकवानपुरमा थप ४३ जनामा कोरोना पुष्टि

संवाददाता

 खबरबाकस \ मकवानपुरमा मंगलबार ४३ जना कोरोनाका संक्रमित थपिएका छन् । ७२ जनाको स्वाव परिक्षण गर्दा ४३ जनामा कोरोना पुष्टि भएको हेटौँडा उपमहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक भोलाप्रसाद चौँलागाईले बताएका छन् ।

त्यस्तै मकवानपुरगढीका ४ जना, भीमफेदीका १ जना, कैलाशका ४ जना, जिल्ला बाहिरका १ जनामा संक्रमण पुष्टि भएको जनस्वास्थ्य निरीक्षक चौलागाईले बताएका छन् । संक्रमित हुनेमा ४ जना बालबालिका रहेका छ । संक्रमित हुने मध्ये २० महिला, २३ पूरुष रहेका छन् ।

No description available.