मुख्य खबरसमाचारफिचर

हेटौंडामा पाँच जना जुवाडे पक्राउ

संवाददाता

 खबरबाकस \ कोरोनाको बेला जारी गरिएको निषेधाज्ञाको अवज्ञा गर्दै जुवातास खेल्दै गरिरहेको अवस्थामा मकवानपुर प्रहरीले पाँच जना जुवाडेलाई हेटौंडा १० बैंकरोडबाट पक्राउ गरेको छ ।

जुवा खेलिरहेको भन्ने विशेष सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट गएको टोलीले जुवा खेलिरहेको अवस्थामा नगद २८ हजार सहित हेटौंडा ४ डेरामा बस्ने रुस्तम कोइरालाको कोठाबाट कोइराला सहित अमर प्रधान, प्रकाश मानन्धर, विनोद घर्ती र चितवन घर भएका सुरेश पौडेललाई पक्राउ गरेको हो ।

पाँचै जना जुवाडेलाई पक्राउ गरी आवश्यक अनुसन्धान गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरिक्षक जयश्वर रिमालले बताउनुभयो ।