मुख्य खबरसमाचारफिचर

अबैध नदिजन्य पदार्थ दोहन तथा उत्खनन् गर्ने ४६ वटा सवारी साधन प्रहरी नियन्त्रणमा

संवाददाता

मकवानपुर प्रहरीले अबैध नदिजन्य पदार्थ दोहन तथा उत्खनन् गर्ने स्काभेटर,जेसिबी,टिफर,ट्याक्टर लगाएतका ४६ वटा सवारीसाधन लाई कारवाही गरेको छ । अबैध रुपमा नदिजन्य पदार्थ ढुङ्गा,गिटि,बालुवा,ग्राबेल दोहन,उत्खनन् भईरहेको छ भनी सूचनाका आधारमा जिल्ला प्रशासन कार्यालय मकवानपुरमा आएको सुचनाका आधारमा जिल्ला प्रहरी कार्यालय मकवानपुर र मातहत प्रहरी कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलिले आईतबार बस्तिपुर स्थित राप्ती खोलाबाट प्र.२—०३—०१ त ३२५२ र ना ६ त ६३५६ नंम्बरको ट्याक्टरलाई नियन्त्रणमा लिएको थियो ।

साथै ईलाका प्रहरी कार्यालय पशुपतिनगर मकवानपुरबाट खटिएको प्रहरी गस्ती टोलीले गत शनिबार प्र.२—०३— ००१ क ०४०१ नं.को ब्याक लोडर जेसिबि ना.७ ख ५५३४ नं.को टिपर,बा.प्र.०३—००१ ख १३३१ नं.को टिपर र आईतबारनै ना.४ त २४१२ नंम्बरको ट्याक्टर, ना.३ त ८०८ नंम्बरको ट्याक्टर, ना.३ त १३१५ नंम्बरको ट्याक्टर, ना ६ त ६०४ नंम्बरको ट्याक्टरलाई हेटौडा उपमहानगरपालीका वडा नम्बर ९ र १५ स्थित बिभिन्न खोलाबाट नियन्त्रणमा लिईएको जिल्ला प्रहरी कार्यलय मकवानपुरका प्रबक्ता प्र ना उ जयश्वनर रिमालले बताउनु भयो ।

साथै गत बैशाख र जेठ महिनामा ४६ वटा ट्याक्टर, जेसिबी १ थान, स्काभेटर १ थान, र टिपर ३ वटा लाई अबैध नदिजन्य पदार्थ उत्खनन तथा दोहन गरेकोमा नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि जिल्ला समन्वय समितिको कार्यालय तथा स्थानिय तहमा पठाईएको जिल्ला प्रहरी कार्यलय मकवानपुरका प्रमुख सोमेन्द्र सिंह राठोरले बताउनु भयो ।