
हेटौंडामा निषेधाज्ञामा कोभिड बिरामीलाई ओसारपसार गर्न सञ्चालनमा ल्याइएको अटो एम्बुलेन्सको दुरुपयोग भएको पाइएको छ ।
जिल्ला प्रशासन कार्यालय मकवानपुरको प्रशासकीय अधिकृत गुणराज न्यौपाने र जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक राजकुमार सापकोटा नेतृत्वको संयुक्त अनुगमन टोलीले हेटौंडा १० बसपार्कमा खाद्यान्न र बिरामी नभएका मानिसहरु बोकेको अवस्थामा अटोलाई नियन्त्रणमा लिएको हो ।
जिल्ला प्रशासन कार्यालयले हेटौंडा–१९ नम्बर वडाको निम्ति अटो एम्बुलेन्सको रूपमा अनुमति दिएको ना २ ह १०५९ नम्बरको अटो र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।








