मुख्य खबरसमाचारफिचर

मकवानपुरमा थप ४९ जनामा कोरोना पुष्टि

संवाददाता

 खबरबाकस \ मकवानपुरमा विहीबार ४९ जना कोरोनाका संक्रमित थपिएका छन् । ८७ जनाको स्वाव परिक्षण गर्दा ४९ जनामा कोरोना पुष्टि भएको हेटौँडा उपमहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक भोलाप्रसाद चौँलागाईले बताएका छन् ।

संक्रमण पुष्टि हुनेहरुमा सबैभन्दा धेरै हेटौँडा उपमहानगरका वडा नम्वर ७ का ११ जना रहेका छन् । त्यस्तै मनहरीका ३ जना, भीमफेदीको २ जनामा संक्रमण पुष्टि भएको जनस्वास्थ्य निरीक्षक चौलागाईले बताएकाछन् । संक्रमित हुनेमा ४ जना बालबालिका रहेका छ । संक्रमित हुने मध्ये १८ महिला, ३१ पूरुष रहेका छन् ।

No description available.