
खबरबाकस \ मकवानपुरमा मंगलबार ५० जना कोरोनाका संक्रमित थपिएका छन् । १३९ जनाको स्वाव परिक्षण गर्दा ५० जनामा कोरोना पुष्टि भएको हेटौँडा उपमहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक भोलाप्रसाद चौँलागाईले बताएका छन् ।
संक्रमण पुष्टि हुनेहरुमा सबैभन्दा धेरै हेटौँडा उपमहानगरका वडा नम्वर ९ का ८ जना रहेका छन् । त्यस्तै मनहरीका २ जनामा संक्रमण पुष्टि भएको जनस्वास्थ्य निरीक्षक चौलागाईले बताएकाछन् । संक्रमित हुनेमा ५ जना बालबालिका रहेका छ । संक्रमित हुने मध्ये २१ महिला, २९ पूरुष रहेका छन् ।









