मुख्य खबरसमाचारफिचर

निशेधाज्ञाभर तीन लाख ८० हजार जरिवाना संकलन

रहरले होइन बाध्याताले कारवाही गरेको: प्रजिअ पाण्डे

संवाददाता

सिधाखबर \ खबरबाकस \ मकवानपुरका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले तीन चरणमा भएको निशेधाज्ञाभर तीन लाख ८० हजार जरिवाना रकम संकलन भएको बताएका छन् । उनले आज मकवानपुरका सञ्चारकर्मीहरुसंगको अन्तरक्रिया कार्यक्रममा बोल्दै कोरोना महामारीको अवस्थामा आफुहरुले रहरले नभई बाध्यताले कारवाही गरिनुपरेको बताए ।

आफुहरुले नियन्त्रण गर्ने अभियान अनुसार ५ सय २८ जना माक्स नलगाउने, ६३ जना निशेधाज्ञा उल्लघन गर्ने , २८५ वटा सवारी साधनलाई र ६३ जना व्यवसायीलाई कारवाहीको दायरामा ल्याई जरिवाना गरिएको बताए । अहिलेको समयमा बजारमा कालावजारी हुने भएकाले ६७ वटा पसलको अनुगमन समेत गरिएको बताए । जसमा एक वटा डेरी, १७ मेडिकल, ३९ वटा पसलहरुमा अनुगमन गर्दा ११ वटा व्यवसायीले जरिवाना तिरेका हुन् ।

त्यस्तै, प्रहरीले निशेधाज्ञाभर माइकिङ, माक्स वितरण तथा पर्चा बाढेर जानकारी गराउँदा पनि ५९०१ जना मानिस, ५४० जना माक्स नलगाउने, ८२५ वटा अटो/मयुरी, १९३६ वटा मोटरसाइकल र १८ वटा पसल व्यवसायीलाई कारवाही गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरिक्षक सोमेन्द्र सिं राठौरले बताए ।

कार्यक्रममा जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालले सबै क्षेत्रमा सहजीकरण गर्दै आइरहेको अवस्थामा विरामी भएको शंका लागेमा पनि लामो समय घरमा बस्ने र कोभिड परिक्षण नगर्नाले गाउँगाउँमा कोभिड फैलिन सक्ने बताए । जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रको निर्णयले २० गते सम्म निशेधाज्ञा जारी गरेको छ ।