
बागमती प्रदेश सरकारले मदन भण्डारी फाउन्डेसनलाई दिएको सहयोग रकम ५० लाख फिर्ता गरेको छ । प्रदेशसभाको आठौँ अधिवेशनअन्तर्गत सोमबार बसेको दोस्रो बैठकलाई संबोधन गर्दै मुख्यमन्त्री डोरमणि पौडेलले फाउन्डेसनलाई दिएको रकम फिर्ता लिने निर्णय भएको जानकारी दिए ।
प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) ले फाउन्डेसनलाई सहयोग गरिएको रकम फिर्ताको माग राख्दै सातौँ अधिवेशनको बैठक अवरुद्ध गरेको भन्दै रकम फिर्ता लिने निर्णय गरेको पौडेलले बताएका हुन् ।








