
खबरबाकस \ बागमती प्रदेश सभाको आठौं अधिवेशनको दोस्रो बैठक आज बस्दै छ । आइतबार बसेको पहिलो बैठकले प्रदेश प्रमुखले आठौं अधिवेशन आव्हान गर्नुभएको पत्र र प्रदेश प्रमुख कार्यालयबाट प्रदेश सरकारको मन्त्री परिषद् पूर्नगठन भएको जानकारी पत्र पढेर सभामुख सानुकुमार श्रेष्ठले बैठक स्थगित गरेका थिए ।
उनले बैठकमा सविधान सभाका सदस्य तथा बागमती प्रदेश सभा सदस्य पशुपति चौलागाईको शोक प्रस्ताव पेश गरीसर्वसम्मतले पास गर्दै अर्को बैठक आज सोमबार विहान ११ बजे बस्ने भनिएको छ ।








