मुख्य खबरसमाचारफिचर

प्रदेश प्रमुखको पत्र र शोक प्रस्ताव पासगरी बैठक स्थगित

संवाददाता

 खबरबाकस \ बागमती प्रदेश सभाको आठौं अधिवेशनको पहिलो बैठक आइतबार बसेको छ । बैठकमा सभामुख सानुकुमार श्रेष्ठले  सविधानको धारा १८३ उपधारा १ बमोजिम प्रदेश प्रमुखले आठौं अधिवेशन आव्हान गर्नुभएको पत्र पढेर सुनाउनुभएको थियो । प्रदेश प्रमुख कार्यालयबाट प्रदेश सरकारको मन्त्री परिषद् पूर्नगठन भएको जानकारी पत्र समेत पढ्नुभएको थियो ।

बागमती प्रदेश सरकारमा मन्त्रीमण्डल पुर्नगठनमा सरस्वती बस्नेत सामाजिक विकास मन्त्री, केशवराज पाण्डे आन्तरिक मामिला तथा कानुन मन्त्री, सरेश नेपाल उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री र डा. रामकुमार अधिकारी सामाजिक विकास राज्यमन्त्री हुनुभएको छ ।

बैठकमा सविधान सभाका सदस्य तथा बागमती प्रदेश सभा सदस्य पशुपति चौलागाईको शोक प्रस्ताव पेश गरीसर्वसम्मतले पास गर्दै अर्को बैठक भोली सोमबार ११ बजे बस्ने गरी स्थगित गरिएको छ ।