मुख्य खबरसमाचारफिचर

हेटौंडा-सिन्धुली-धरान सडकका लागि ३ अर्ब २० बजेट

संवाददाता

सरकारले मदनभण्डारी राजमार्गको नामा रहेको हेटौंडा सिन्धुली धरान सडकखण्डका लागि ३ अर्ब २० बजेट विनियोजन गरेको छ । शनिबार अध्यादेशमार्फत आएको आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णु पौडेलले सो आयोजनाका लागि सो बजेट विनियोजन गरिएको जानकारी दिएका छन् ।

उनले हेटौंडा–सिन्धुली–धरान खण्डको निर्माण आगामी आर्थिक वर्ष भित्र सकाउने बताएका छन् । त्यसभन्दा पूर्वको खण्डको निर्माणको काम पनि आगामी वर्षमा अघि बढाउने बजेटमा उल्लेख छ । सरकारले चुरे आसपासका क्षेत्रको विकासका लागि भन्दै २०७५ जेठ ६ इलामका रोङ गाउँपालिकाको सलकपुरदेखि डँडेलधुराको रुपाल जोड्ने ‘मदन भण्डारी राजमार्ग’ घोषणा गरेको थियो ।

धेरैजसो यसअघि नै बनिसकेका स्थानीय सडक खण्डलाई नै राजमार्ग बनाउने गरी प्रस्तावित रुट सार्वजनिक भएको थियो ।

काठमाडौंका उद्योग मयुरधापमा सारिने

प्रदूषणरहित स्वच्छ राजधानी बनाउने उद्देश्यले सरकारले काठमाडौं उपत्यकाका उद्योगहरु मकवानपुरको हेटौंडा–१४ स्थित निर्माणाधीन मयुरधाप औद्योगिक क्षेत्रमा सार्ने भएको छ । काठमाडौंबाट सर्ने उद्योगहरुलाई सरकारले १० वर्षको लागि निशुल्क जग्गासमेत उपलब्ध गराउने भएको छ ।

अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्ष २०७८/७९ को बजेट भाषणमा मयुरधापमा निर्माणधीन औद्योगिक क्षेत्रको पूर्वाधार निर्माणको काम आगामी २ वर्षभित्र सक्याउने बताए । मयुरधापसहित रुपन्देहीको मोतिपूर, बाँकेको नौबस्ता, कैलालीको लम्की र कन्चनपुरको दैजीमा पनि आगामी २ वर्षभित्र औद्योगिक क्षेत्रको पूर्वाधार निर्माण गरी सञ्चालनमा ल्याइने अर्थमन्त्री पौडेलले बताए । २०७२ चैत १ गते मन्त्रिपरिषद् बैठकले चुरे खहरेको उकास जमिनमा औद्योगक क्षेत्र स्थापना गर्ने निर्णय गरेको थियो ।