मुख्य खबरसमाचारफिचर

आठ बालबालिका सहित मकवानपुरमा थप १२१ जनामा कोरोना पुष्टि

संवाददाता

 खबरबाकस \ मकवानपुरमा शुक्रबार ८ बालबालिका सहित थप १२१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आज हेटौंडा अस्पतालको कोरोना परीक्षण प्रयोगशालामा गरिएको २३५ जनाको स्वाव परीक्षणमा १२१ जनामा कोरोना पुष्टि भएको हेटौंडा उपमहानगरका जनस्वास्थ्य निरीक्षक भोलाप्रसाद चौलागाईले बताएका छन् ।

संक्रमित मध्ये हेटौँडा वडा नम्बर ४ मा सबैभन्दा धेरै १५ जनामा कोरोना पुष्टि भएको छ । संक्रमित मध्ये ४९ महिला र ७२ पुरुष रहेको र संक्रमित मध्ये ८ जना बालबालिका रहेको चौलागाईले बताएका छन् ।

संक्रमित मध्ये मकवानपुरगढीका ३ जना, मनहरीका ६ जना, भीमफेदीका ६ जना, जिल्ला बाहिरका २ जना रहेका छन् ।

No description available.