मुख्य खबरसमाचारफिचर

मकवानपुरमा थप ९९ जनामा कोरोना पुष्टि

संवाददाता

खबरबाकस \ मकवानपुरमा विहीबार ९९ जना कोरोनाका संक्रमित थपिएका छन् । २१० जनाको स्वाव परिक्षण गर्दा ९९ जनामा कोरोना पुष्टि भएको हेटौँडा उपमहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक भोलाप्रसाद चौँलागाईले बताएका छन् ।

संक्रमण पुष्टि हुनेहरुमा सबैभन्दा धेरै हेटौँडा उपमहानगरका वडा नम्वर ४ का १८ जना रहेका छन् । त्यस्तै थाहा नगरका १८ जना, मकवानपुरगढीका १ जना, मनहरीका ३ जना, भीमफेदीका १ जना, र जिल्ला बाहिरको ३ जनामा संक्रमण पुष्टि भएको जनस्वास्थ्य निरीक्षक चौलागाईले बताएकाछन् ।

संक्रमित हुनेमा १८ महिने बच्चा सहित ९ जना बालबालिका रहेका छ । ९९ जनामा ४० महिला, ५९ पूरुष रहेका छन् ।

No description available.