मुख्य खबरसमाचारफिचर

७८ जनालाइ खुवाइयो निशुल्क खाना

संवाददाता

 खबरबाकस \ हेटौंडामा बुधबार ७८ जनालाई निशुल्क खाना खुवाइएको छ । कोरोना महामारीको बेला दैनिक ज्यालादारी गर्ने मजदुरलाई लक्षित गरी निशुल्क खाना खुवाउने कार्यक्रम रोटरी क्लब अफ मकवानपुरले आयोजना गरेको हो ।

हेटौंडा उपमहानगरका मेयर हरि बहादुर महतको उपस्थितीमा हेटौंडा ४ हुप्राचौरमा आजबाट सुरु गरिएको खाना खुवाउने कार्यक्रममा ७८ जनालाई खाना खुवाइएको क्लबका अध्यक्ष कविन साँगामीले बताए । विहान पानी परेकोले पर्याप्त रुपमा सबै मजदुर, बटुवाले खाना नपाएको उनले बताए । बुधबार पञ्च सिद्ध फाउन्डेसनको सहयोगमा खाना खुवाइएको थियो ।

निशुल्क खाना खुवाउने आयोजक रोटरी क्लब अफ मकवानपुरका अध्यक्ष साँगामीलाई नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व अध्यक्ष राममणि दाहालले आफ्नो छोरा आयाम दाहालको आज परेको जन्मदिनको दिन पाँच हजार रकम सहयोग गरेका छन् ।