
खबरबाकस \ मकवानपुरमा बुधबार १२३ जना कोरोनाका संक्रमित थपिएका छन् । २४७ जनाको स्वाव परिक्षण गर्दा १२३ जनामा कोरोना पुष्टि भएको हेटौँडा उपमहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक भोलाप्रसाद चौँलागाईले बताएका छन् । संक्रमण पुष्टि हुनेहरुमा सबैभन्दा धेरै हेटौँडा उपमहानगरका वडा नम्वर ४ का १९ जना रहेका छन् ।
त्यस्तै थाहा नगरका २ जना, मकवानपुरगढीका २ जना, मनहरीका २ जना, भीमफेदीका ४ जना, र जिल्ला बाहिरको ६ जनामा संक्रमण पुष्टि भएको जनस्वास्थ्य निरीक्षक चौलागाईले बताएकाछन् । संक्रमित हुनेमा ६२ महिला, ६१ पूरुष रहेका छन् ।









