
सिधाखबर \ हेटौंडा उपमहानगरका मेयर हरि बहादुर महतले स्लाव ढलान सडक उद्घाटन गरेका छन् । बुधबार विहान हेटौंडा ५ शान्तिनगरमा ८ मिटर चौडा भएको ६५० मिटर लामो स्लाब ढलान सडक उद्घाटन गरेका हुन् ।
वडा अध्यक्ष राजेश बानियाँ, शान्तिनगर टोल विकासका अध्यक्ष देव बहादुर बुढाथोकी, पिप्ले युवा क्लबका अध्यक्ष सुशील घिमिरे, जनप्रभा युवा क्लबका अध्यक्ष हरि कुँवर, सडक निर्माण उपभोक्ता समितिका अध्यक्ष केदार भट्टराई, लोकदर्शन ढुङ्गाना, ध्रुव सापकोटा, डम्बर बहादुर विक लगायत स्थानीयहरुको उपस्थिती रहेको थियो ।
हेटौंडा उपमहानगर र वडाको संयुक्त एक करोड २७ लाख बजेटमा निर्माण सम्पन्न गरिएको हो । शान्तिनगरबाट कान्तिराज पथ जोड्ने सडकमा उक्त स्लाब ढलान गरिएको वडा अध्यक्ष राजेश बानियाँले बताए । वडा ५ मा सडक पक्की हुने क्रम जारी रहेकोले तीव्र रुपमा विकास हुदै जाने बताए । उक्त सडकबाट तीन सय घरधुरी लाभान्वित भएका छन् ।








