
खबरबाकस \ कोरोना संक्रमितको संख्या बढ्दै गएकोले मकवानपुरमा थप कडाइका साथ निषेधाज्ञा जारी गरिएको छ । १३ गते विहीबार राती सम्म तोकिएको निषेधाज्ञा अब २० गते सम्म लम्ब्याउने निर्णय गरीएको छ । जिल्ला कोभिड संकट व्यस्थापन केन्द्र (डिसिसीएमसी) को मंगलबार बसेको बैठकले २० गते सम्म निषेधाज्ञा लागु गर्ने निर्णय गरिएको हो ।
थाहा नगरको हकमा आजै रातीबाट लागु हुने गरी १५ गते सम्म औषधि पसल बाहेकका सबै व्यवसायी पूर्णरुपमा बन्द गर्न प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डेले आदेश दिएका छन् । अनुमती विना र प्रहरीलाई जानकारी नगराई विरामी बोक्ने सवारी साधन बाहेकलाई, हिडडुल गर्नेलाई, माक्स नलगाई हिड्नेलाई कानुनी दायरामा ल्याइने प्रजिअ पाण्डेले बताए ।
हेर्नुस् आदेश









