मुख्य खबरसमाचारफिचर

मकवानपुरमा दुई संक्रमितको निधन

संवाददाता

हेटौंडा \  हेटौंडाको हेटौंडा अस्पतालमा उपचाररत दुईजना कोरोना संक्रमितको निधन भएको छ । निधन हुनेमा भिमफेदी -६ की ८६ वर्षीया कोरोना संक्रमित वृद्धा महिलाको बिहान उपचारको क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ।

उनलाई जेठ १० गते कोरोना पोजेटिभ देखिएको थियो। स्वासप्रस्वासमा समस्या भएपछि हेटौंडा अस्पतालको कोभिड उपचार वार्डको आइसियु कक्षमा भर्ना गरिएको थियो ।

त्यस्तै, हेटौंडा अस्पतालमा उपचाररत हेटौंडा-५ की ६५ वर्षीया महिलाको उपचारको क्रममा मृत्यु भएको हो । उनलाई जेठ ८ गते कोरोना पोजेटिभ देखिएको थियो। स्वासप्रस्वासमा समस्या भएपछि हेटौंडा अस्पतालको कोभिड उपचार वार्डको आइसियु कक्षमा भर्ना गरिएको थियो।