
हेटौंडा \ सत्तारुढ दल नेकपा एमालेले नेता माधव कुमार नेपाल र झलनाथ खनाल समूहका ११ जना सांसदलाई साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले यस्तो निर्णय गरेको हो । आज बालुवाटारमा बसेको स्थायी कमिटी बैठकले स्पष्टीकरण सोधेका ११ सांसदलाई निष्कासन गरेको हो ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेपछि ती सांसदहरुलाई पहिला स्पष्टिकरण सोधिएको थियो । उनीहरुको जवाफ नआएपछि उनीहरुलाई कारबाही गरिएको हो । यसअघि एमालको शनिबार बसेको स्थायी कमिटी बैठकले देउवालाई प्रधानमन्त्री बनाउनका लागि हस्ताक्षर गर्ने २६ सांसदमध्ये ११ सांसदलाई स्पष्टीकरण माग गर्ने निर्णय गरेको थियो ।
बैठकले खनाल–नेपालसँगै भीम रावल, मुकुन्द न्यौपाने, कल्याणी खड्का, रामकुमारी झाँक्री, सरला यादव, पुष्पा कर्ण, लक्ष्मी चौधरी, कलिला खातुन र नीरा जैरुलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो ।








