मुख्य खबरसमाचारफिचर

मकवानपुरमा थप ९४ जनामा कोरोना पुष्टि, एकको निधन

संवाददाता

 खबरबाकस \ मकवानपुरमा आज सोमबार ९४ जनामा कोरोना पुष्टि भएको छ। जेठ ८ र ९ गते संकलित २१८ जनाको स्वाब परीक्षणमा ९४ जनामा कोरोना पुष्टि भएको हेटौंडा उपमहानगरपालिका जनस्वास्थ्य निरीक्षक भोला प्रसाद चौलागाईले बताएका छन।आज संक्रमित हुनेमा ४१ महिला ५३ पुरुष हरेको जनस्वास्थ्य निरीक्षक चौलागाईले बताए।

त्यस्तै हेटौंडा अस्पतालमा उपचाररत एकजना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ ।थाहा नगर ३ शिखरकोट बस्ने ७४ वर्षीय कोरोना संक्रमित एक पुरुषको आज बिहान उपचारको क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ। उनलाई जेठ ८ गते कोरोना पोजेटिभ देखिएको थियो।

No description available.