
-श्रीराम अर्जुन
खबरबाकस \ मकवानपुर जिल्लामा सबैभन्दा बढी दुध उत्पादन हुने क्षेत्र हो मकवानपुरगढी गाउँपालिका । कोरोना भाइरसका कारण सरकारले लगाएको लकडाउनका कारण किसानमा उत्पादित दुध अहिले खाने कि फ्याक्ने अवस्थामा किसान पुगेका छन् ।
जिल्ला दुग्ध उत्पादक सहकारी संघका सबै भदा बढी दुध बेच्ने सहकारीको रुपमा रहेको मकवानपुरगढी ३ को मनकामना दुग्ध उत्पादक सहकारी संस्था रहेको छ । दैनिक चार हजार दुध संकलन गर्ने संस्था अहिले लकडाउनको बेला एकदिन बिराएर दुध संकलन गर्ने गरेको संस्थाका अध्यक्ष अर्जुन प्रसाद दाहालले बताए ।
गाउँमा सानाठुला गरी १५/१८ गाई फर्महरु छन् हामीले एकदिन बिराएर दुध संकलन गर्छौं किसान अहिले दुध खाने कि फ्याक्ने अवस्थामा पुगिसकेका छन् अध्यक्ष दाहालले भने । जिल्ला संघले रोटेशनमा दुध उद्योगलाई पठाउँछ यस्तो महामारीको बेला उत्पादित दुध थोरै हुनेले त घरमा खान्छन् तर ३०/४० वटा गाई पाल्ने व्यवसायिक किसानले कि फ्याक्नुपर्यो कि त सस्तोमा हेटौंडामा प्रहरी प्रशासनबाट छलेर बेच्न पर्यो भन्दै अध्यक्ष दाहालले जताबाट पनि किसान मरिरहेका छन्, । दुध संकलन गरी भ्याटमा राखौं भने भ्याट ४ हजार पाँच सय लिटर क्षमताको छ एकदिनको दुधले भरिन्छ दाहालले भने ।
संस्थामा २० वटा गाई पाल्ने पदमज्योती पशुपालन फर्म, देवीडाँडा गाइपालन फर्म, ४५ वटा गाई पाल्ने राधाकृष्ण करुणा गाइफर्म, १० वटा गाई पाल्ने सिता गाईफर्म, १४ वटा गाइ भएको बजगाई गाईफर्म लगायत अन्य फर्महरुबाट संस्थामा दुध संकलन हुन्छ यी उत्पादित दुध हरेक दिन बिक्रि गर्न नपाउँदा किसान मर्कामा परेका छन् । आफु अध्यक्ष मात्र नभइ आफ्नो पनि गाई फर्म रहेको र उत्पादित दुध बिक्रि गर्न नपाउँदा दुधका परिकार बनाए पनि बढी हुने र फ्याक्नु पर्ने अवस्था सिर्जना भएको अध्यक्ष दाहाल बताउछन् ।
गाईवस्तुलाई दाना खुवाउनै पर्ने, यसैबेला दानाकोको मुल्यवृद्धि हुनुले पनि खर्च बढ्ने किसानको लागत बढ्ने तर उत्पादित दुध बिक्रि गर्न नपाउनाले व्यवसायिक पशुपालक किसानले घाटा व्यहोर्नु परेको दुखेसो गर्छन अध्यक्ष दाहाल ।
यस्तो समस्या मनकामना दुग्ध सहकारीको मात्र होइन् आमभञ्ज्याङमा रहेको उज्जवल दुग्ध उत्पादन सहकारी संस्थाको पनि सोही हालत छ । झण्डै साना ठुला गरेर ११ वटा गाई फर्म र अन्य किसानहरुबाट दैनिक तीन हजार दुध संकलन हुने गरेको संस्थाका व्यवस्थापक बलराम घिमिरेले बताए । हामीले किसान सँग दुइ दिन बिराएर दुध संकलन गर्छौैं संकलित दुध जिल्ला संघ र उद्योगलाई पठाउछौं घिमिरेले भने । थोरै हुनेले खाएका छन् तर धेरै हुनेले कोहिले बजार लगेका छन् त केहिले खान्छन् र बढी भएको फ्याक्ने गरेका छन् व्यवस्थापक घिमिरेले भने ।
भूपु नमुना कृषि फर्मका संचालक दामोदर अधिकारी भन्छन् मेरो फर्ममा दैनिक ९० लिटर दुध उत्पादन हुन्छ अब यस्तो बेला आफुले प्रहरी र प्रशासनको डर मनमा लिएर बजारमा बेच्छु तर आत्मसन्तुष्टि भने छैन् । महँगो दाना, घाँस, पराल अनि श्रम तर सबै कुरा जोड्दा पनि हामी व्यवसायिक पशुपालक किसान घाटामा रहेको अधिकारी बताउछन् । सवारी साधन मोटरसाइकल हुनेले चौकीटोल सम्म गएर दुध बिक्रि गर्छन तर दिनको १५/२० लिटर हुने तर सवारी साधन नहुने किसानले कसरी दुध बेच्ने ? फ्याक्नु बाहेक अर्को विकल्प छैन व्यवस्थापक घिमिरे बताउछन् ।
मकवानपुरगढीमा यी ठुला दुध संकलन गर्ने सहकारी मात्र होइन अन्य स्थानका दर्जनौ सहकारीमा पनि करिब तीन/चार हजार दुध संकलन हुने गरेको छ र उनीहरुको हालत पनि उस्तै छ । बजारमा निजी डेरी सञ्चालन गर्नेले पहुँचको आधारमा दुध लगिरहेका छन् तर सामान्य ३/४ वटा गाइपाल्ने किसान दुध खाने र फ्याक्ने शिवाय अरु विकल्प नरहेको पाइन्छ । दैनिक ढुटो, दाना, चोकर खुवाउनु छ तर उत्पादित दुध बिक्रि गर्न पाइदैन् एक किसानले दुखेसो पोखे । उनले दुध र तरकारी चाहिँ समयसिमा तोकेर बिक्रि वितरण गर्न दिनुपर्ने बताए ।
मकवानपुरगढी गाउँपालिका दुध उत्पादित मात्र नभइ तरकारी उत्पादनमा पनि अगाडी रहेको छ । प्रशासनले तरकारी पसल र मण्डी खोल्न नपाउने भने पछि उत्पादित तरकारी टनेलमा नै कुहिन थालेका छन् । गाउँपालिकामा झण्डै दर्जनौं तरकारी /फलफुल फर्महरु रहेका छन् । गाउँपालिकामा किसानले मल अभाव भएको गुनासो समेत गरेका छन् । चैत धान लगाएका किसानले यतिबेला मल हाल्न पाएका छैनन् । मल मात्र नभइ धानको ब्याड राख्ने बेला भयो विउको पनि अभाव सिर्जना भएको छ । विउ किन्न हेटौंडा झरेका एक किसानले भने व्यापारीले विउ रक्सौलमा आएको छ तर नेपाल ल्याउन पाएका छैनौ केहि दिन कुर्नै पर्छ भने भनेर गुनासो गरे ।
सरकार कृषिमा परिवर्तन, व्यवसायिलाई प्रोत्साहन गर्ने भन्छ तर यस्तो अवस्थामा न किसानका उत्पादित वस्तु बिक्रि हुन्छ न समयमा मल तथा विउविजन पाइन्छ । किसानहरु जहिले पनि घाटा व्यहोर्नुपर्ने अवस्था सिर्जना भएको छ आखिर यो कहिले सम्म ?








