
काठमाडौँ \ विपक्षी दलहरुको गठबन्धनले संसद विघटनविरुद्ध सर्वोच्च अदालतमा सोमबार रिट दायर गर्ने भएका छन् । नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनले आइतबार समय अपुग भएकाले सोमबार विहान १० देखि ११ बजेका बीचमा सर्वोच्च अदालत जाने बताए ।
प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत शुक्रबार मध्यरातमा संसद विघटन गरेपछि विपक्षी दलले १४९ जना सांसदको हस्ताक्षरसहित सर्वोच्च अदालतमा रिट दिन लागेका हुन् ।
सांसदहरुले व्यक्तिगत रुपमा रिट दायर गर्ने नेता पुनले जानकारी दिए । ‘सबै सांसदहरुले हस्ताक्षर गरिसकेका छन् । तर समय अपुग भएकाले भोलि १० देखि ११ बजेको बीचमा सबै सांसदहरु व्यक्तिगत रूपमा उपस्थिति भइ संयुक्त रूपमा रिट दायर गर्नेछौं’ उनले भने ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सबै डकुमेन्ट तयार गरेर सोमबार कार्यालय समय सुरु हुनेवित्तिकै अदालत जाने बताए । ‘हामी भोलि संसद विघटनविरूद्ध रिट दायरको लागि फिजिकल्ली नै सर्वोच्चमा जान्छौं । नागरिकता, कागजातलगायतका काम बेलुकासम्म सकिन्छ ।








