
हेटौंडा \ राष्ट्रपति र प्रधानमन्त्रीको शनिबारको असंवैधानिक, अलोकतान्त्रिक कार्यका विरुद्ध राजनैतिक र न्यायिक लडाई लड्न नेपाली कांग्रेस मकवानपुर सबै लोकतन्त्रवादी शक्तिलाई आव्हान गरेको छ ।
कांंग्रेस मकवानपुर सभापति ईन्द्रबहादुर बानियाँद्वारा जारी बिज्ञप्तिमा असंवैधानिक, अलोकतान्त्रिक कार्यका विरुद्ध राजनैतिक र न्यायिक लडाई लड्न सबै लोकतन्त्रवादी शक्तिलाई आव्हान गरेको हो । कांग्रेसले संविधान विपरितका विकसित घट्नाक्रमप्रति नेपाली कांग्रेस मकवानपुरको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
विज्ञप्तिमा यो सरकार गठनपछि निरन्तररुपले गैर संवैधानिक र अलोकतान्त्रिक गतिविधि गर्दै लोकतान्त्रिक मूल्य, मान्यताको अवमूल्यन, विधि र पद्धतिको बेवास्ता र संसदीय पद्धतिको खिल्ली उडाउने काम भएको जनाइएको छ ।
यस्तो छ विज्ञप्ति









