
प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीलाई बचाउँ गर्दै दलका नेतालाई आरोप लगाउदै विपक्षी तथा एमालेका केही नेता आपराधिक ढंगले सरकार ढाल्न लागेको आरोप लगाएका छन।
शुक्रबार अपरान्ह प्रधानमन्त्री ओली द्वारा आयोजित पत्रकार सम्मेलनमा बोल्दै ओलीले राष्ट्रपतिले संविधानको मर्म अनुसार कदम चालेकोमा राष्ट्रपति माथिको आक्रेश किन भन्दै राष्ट्रपति विद्यादेवी भण्डारीको बचाउ गरेका छन भने विपक्षी दलका नेतालाई आरोप लगाउदै आपराधिक ढंगले सरकार ढाल्न लागेको बताए।
उनले बजेट ल्याउनका निमित्त बैक्लपिक सरकार बनाउन राष्ट्रपतिले आव्हान गरेको भन्दै अढाई महिना त प्रयाप्त भएन २१ घण्टामा दलहरु मिलेर जानुपर्ने बताए। उनले बैक्लपिक सरकार बने आफु सहयोग गर्ने बताए। 'म यो किचकिच त्यागेर बैक्लपिक सरकारलाई रचनात्मक ढंगले साथ दिन तयार छु'- ओलीले भने
उनले आफुलाई सहयोग गरे संसद विघटन नहुने घुमाउरो पाराले उदघोष गरेका छन। उनले पत्रकार सम्मेलनमा देउवालाई सरकार बनाउन आव्हान गरेको बताउदै राष्ट्रिय राजनीतिलाई विभाजित नगर्न भनेको बताए।संविधानमा थिचोमिचो नगरेको बरु मार्ग प्रशस्त गरिदिएकोले आफुले विश्वासको मत लिदा हार्ने भन्दै राष्ट्रपतिले धारा ७६ को उपधारा (५) बमोजिम सरकार आव्हान गरेको बताए ।








