मुख्य खबरसमाचारफिचर

राष्ट्रिय सभा उपनिर्वाचनः ३८ मत मतान्तरले डा.देवकोटा विजयी

संवाददाता

श्रीराम अर्जुन \ बागमती प्रदेशमा रिक्त रहेको राष्ट्रिय सभा सदस्य पदको उपनिर्वाचनबाट स्वतन्त्र उम्मेदवार डा. खिमलाल देवकोटा निर्वाचित हुनुभएको छ । एमालेको तर्फबाट उम्मेदवार बन्नुभएका गृहमन्त्री समेत रहेका रामबहादुर थापालाई ३८ मत मतमतान्तरले देवकोटा विजयी हुनुभएको हो । बादलले मत १४८ मत प्राप्त गर्दा देवकोटाले भने १८६ मत प्राप्त गर्नुभएको थियो ।

स्थानीय तहबाट खसेको २३३ मत मध्येबाट डा. देवकोटालाई १२८, बादललाई १०३ र कृष्णबहादुर तामाङलाई २ मत खसेको थियो । त्यस्तै प्रदेश सभा सदस्यबाट खसेको मत १०५ मध्ये डा. देवकोटालाई ५८ मत, बादललाई ४५ मत र तामाङलाई २ मत खसेको थियो । खसेको मतको अंकभार गर्दा स्थानीय तर्फबाट डा. देवकोटालाई २३०४, बादललाई १८५४ र तामाङलाई ३६ मत खसेको हो । त्यस्तै प्रदेश तर्फमा डा. देवकोटालाई २७८४, बादललाई २१६० र तामाङलाई ९६ मत रहेको हो । निर्वाचित देवकोटा र बादलको मतकोमतान्तर ३८ रहेको छ जुन मतको अंकभार १०७४ रहन्छ ।

एमालेको तर्फबाट उम्मेदवार बनेका गृहमन्त्री रामबहादुर थापा, डा.देवकोटालाई नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र माधव नेपाल पक्षको समर्थन रहेको थियो । त्यस्तै नेपाल किसान मजदुर पार्टीको तर्फबाट कृष्ण बहादुर तामाङ उम्मेदवार बनेका थिए । मतदानका लागि प्रदेश सभा सदस्य ४ जना र स्थानीय तहका पाँच जना मतदाता उपस्थित भएका थिएनन् ।