मुख्य खबरसमाचारफिचर

आज राष्ट्रिय सभा उपनिर्वाचन हुदै, ९ बजे मतदान सुरु

संवाददाता

 खबरबाकस \ बागमती प्रदेशमा रिक्त रहेको राष्ट्रिय सभा सदस्य पदको उपनिर्वाचनको मतदानको सम्पूर्ण तयारी पुरा भएको छ । आज विहीबार हेटौंडा उपमहानगर वडा नम्बर ४ मा रहेको भुटनदेवी माध्यामिक विद्यालयमा मतदान हुने निर्वाचन कार्यालयले जनाएको छ ।

तयारी पुरा भएको र ९ बजेबाट मतदान प्रक्रिया सुरु हुने निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठले बताए । विद्यालयको पूर्वपट्टिको गेटलाई कोरोना पोजेटिभ मतदाताले प्रयोग गरिने र पश्चिमतिरको गेटलाई अन्य मतदातालाई प्रवेश गराउने उनले बताए । मतदान दिउँसो ३ बजे सम्म हुनेछ भने साँझ सम्ममा नतिजा प्रकाशन गरिने अधिकृत श्रेष्ठले बताए ।