मुख्य खबरसमाचारफिचर

राष्ट्रिय सभा उप निर्वाचन: मतदानको तयारी पुरा

कोरोना पोजेटिभ मतदातालाई छुट्टै गेटको प्रयोग

संवाददाता

सिधाखबर \ खबरबाकस \ बागमती प्रदेशमा रिक्त रहेको राष्ट्रिय सभा सदस्य पदको उपनिर्वाचनको मतदानको सम्पूर्ण तयारी पुरा भएको छ । भोली विहीबार हेटौंडा उपमहानगर वडा नम्बर ४ मा रहेको भुटनदेवी माध्यामिक विद्यालयमा मतदान हुन तयारी पुरा भएको हो ।

विहीबार विहान ९ बजे बाट सुरु हुने मतदान प्रक्रिया दिउँसो ३ बजे सकिने निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठले बताउनुभयो । विद्यालयको पूर्वपट्टिको गेटलाई कोरोना पोजेटिभ मतदाताले प्रयोग गरिने र पश्चिमतिरको गेटलाई अन्य मतदातालाई प्रवेश गराउने उहाँले बताउनुभयो ।

तीन वटा मत पेटिका राखी मतदान गर्ने व्यवस्था गरिएको बताउदैं अधिकृत श्रेष्ठले मतदान केन्द्र परिसर हातहतियार लिएर हिड्न र मादकपदार्थ सेवन निषेश गरिएको बताउनुभयो । स्वास्थ्य मापदण्ड अपनाएर सव्य रुपमा निर्वाचन गराई साँझ सम्ममा नजिता प्रकाशन गरिने निर्वाचन अधिकृत श्रेष्ठले बताउनुभयो ।

बागमती प्रदेशमा ९ हजार ५६४ मत रहेको छ । सदस्य पदमा गृहमन्त्री रामबहादुर थापा (बादल), संघियता विज्ञ डा. खिमलाल देवकोटा र कृष्ण बहादुर तामाङको उम्मेदवारी रहेको छ ।