
हेटौंँडा \ जिल्ला प्रशासन कार्यालय मकवानपुरले हेटौंडामा पूर्णरुपमा निषेधाज्ञा जारी गर्ने भएको छ । खाद्यान्न तथा फलफुल, तरकारी बजारमा अत्याधिक भीडभाड बढेपछी जिल्ला कोभिड १९ संकट व्यवस्थापन समितिको बैठकले हेटौंडामा पूर्णरुपमा निषेधाज्ञा गरिन लागिएको हो ।
विहीबारदेखि हेटौंडाको मुख्य बजार क्षेत्र पूर्वमा क्याम्पाडाडा, पश्चिममा राप्ति पुल, उत्तरमा चौकीटोल र दक्षिणमा कर्रा पुलसम्म औषधि पसल र अक्सिजनको सवारीबाहेक कुनैपनि व्यवसाय संचालन गर्न नपाईने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले बताउनुभयो ।
अब कुनैपनि कामको लागि बाहिर निस्कन पाइने छैन । खाद्यान्न तथा तरकारीहरु सम्पूर्ण स्वास्थ्य सुरक्षा अपनाएर टोल–टोलमा पुर्याउने व्यवस्था मिलाउने गरी निषेधाज्ञामा कडाई गरिन लागेको प्रजिअ पाण्डेले बताउनुभयो ।








