
मकवानपुरमा बुधबार ३ जना बालबालिका सहित ५२ जना कोरोनाका संक्रमित थपिएका छन् । १४३ जनाको स्वाब परीक्षण गर्दा ५२ जनामा कोरोना पुष्टि भएकोे हेटौँडा उपमहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक भोलाप्रसाद चौँलागाईले बताएका छन् । संक्रमण पुष्टि हुनेहरुमा सबैभन्दा धेरै हेटौँडा उपमहानगरका वडा नम्वर ५ का १० जना रहेका छन् ।
त्यस्तै मकवानपुरगढीका ४ र जिल्ला बाहिरको १ जनामा संक्रमण पुष्टि भएको हो । पुष्टि हुने मध्येमा ३ बालबालिका रहेका छन् भने २ जना ७५ वर्ष माथीका जेष्ठ नागरिक रहेको जनस्वास्थ्य निरीक्षक चौलागाईले बताएकाछन् ।









