
खबरबाकस \ मकवानपुरमा मंगलबार बाह्र बालबालिका सहित थप २०५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आज हेटौंडा अस्पतालको कोरोना परीक्षण प्रयोगशालामा गरिएको ३७४ जनाको स्वाव परीक्षणमा २०५ जनामा कोरोना पुष्टि भएको हेटौंडा उपमहानगरका जनस्वास्थ्य निरीक्षक भोलाप्रसाद चौलागाईले बताएका छन् ।
संक्रमित मध्ये हेटौँडा वडा नम्बर ४ मा सबैभन्दा धेरै ३२ जनामा कोरोना पुष्टि भएको छ । संक्रमित मध्ये ८१ महिला र १२४ पुरुष रहेको र संक्रमित मध्ये १२ जना बालबालिका र ७५ वर्षमाथीका ४ जना जेष्ट नागरिक रहेको चौलागाईले बताएका छन् ।
संक्रमित मध्ये थाहानगरका २१ ज्ना, मकवानपुरगढीका १० जना, मनहरीका ४ जना, भीमफेदीका १ जना, जिल्ला बाहिरका ८ जना रहेका छन् । आज को नतिजा १ र २ गते संकलन गरिएको स्वावको नतिजा रहेको जनाइएको छ ।









