मुख्य खबरसमाचारफिचर

हेटौंडामा मिनीमेला, स्वास्थ्य मापदण्ड विपरित किनबेच (तस्विरहरु)

श्रीराम अर्जुन

खबरबाकस  \ कोरोना कहरको दोस्रो लहर सुरुभएको झण्डै महिनादिन भयो । सरकारले देशका विभिन्न जिल्लामा निषेधाज्ञा जारी गर्यो । सोही अनुरुप मकवानपुर जिल्लामा पनि चार स्थानीय तहमा लगाईएको निषेधाज्ञा अहिले पूर्ण जिल्लाभर रहेको छ । वैशाख १९ गतेबाट सुरुभएको निषेधाज्ञा जेष्ठ महिनाबाट भने निषेधाज्ञाको समयमा हेटौंडा बजार जुन चौकीटोल, क्याम्पाडाँडा, कर्रा र राप्तिपुलबाट भित्र रहेका दैनिक उपभोग्यवस्तुका व्यवसाय साताको दुईबार मंगलबार र शुक्रबार खोल्ने भनेर जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रको बैठकले निर्णय गर्यो ।

तर मंगलबार कुरेर बसेका हेटौंडाका व्यवसायी र ग्राहकले भीडले आज मंगलबार हेटौंडामा मिनी मेला भन्दा कम देखिएको थिएन् । न स्वास्थ्य मापदण्ड पुरा थियो त न भीडभाड नै कम । केबल थियो त व्यावसायीलाई सामान बेच्न र ग्राहकलाई सामान किन्न । ठेलमठेलका साथ सामान खरिद पश्चात एक ग्राहक भन्छन् साताको दुइदिन खोल्दा कोरोना जोखिम झन बढि हुने र बजार देखि गाउँसम्मका मानिसहरुको भीडले कोरोना फैलन सक्ने उनले बताए ।

हेटौंडा बजारमा आज खोलिएका व्यवसाय भनेको प्रायः खाद्यान्न नै हो । प्रशासनले तरकारी मण्डी र खोपेगल्लीका तरकारी पसल बन्द गर्नुभनेपछि गाउँबाट बजार झारिएका तरकारी बजारका चोकचोकमा र गल्लीमा ठेलामा राखी बिक्री गरिरहेको पाइएको थियो । अन्य तरकारी पसल बन्द भएपछि तरकारी किन्नेको भीड त्यही ठेला र चोकमा फिजाँरिएर राखिएका तरकारीमा थियो । तरकारी पसल नखोल्नु उपभोक्ताले खरिद गर्न नपाउनु र खेतमा तरकारी कुहिएर जानु कहाँ सम्मको न्याय हो एक उपभोक्ताले गुनासो गरे । उनले हामीलाई तरकारी खरिद गर्नका लागि पसल चाहिँ बन्द गर्ने तर खेतबारीमा कुहिएर गइसकेको अवस्था छ किसानलाई मर्कामा पार्नु सरकारले के गर्न खोज्या हो आफुले बुझ्न नसेकेको बताए ।

चोक र गल्लीहरुमा नेपाल प्रहरी र सशस्त्र प्रहरी खटाइपनि भीडलाई नियन्त्रण गर्न तर्फ भने उनी खटिएका थिएनन् तर दैनिक उपभोग्य वस्तु बाहेकका अन्य खुल्ला पसल बन्द गर्न तर्फ गाडी नै लिएर हिडिरहेका थिए । मुख्य बजार स्कुल रोड, कान्तिराजपथ,राप्तिरोडबाट बसपार्क जाने बाटो, उद्योग वाणिज्य चोक जहाँ खाद्यान्न विक्रिवितरण गरिन्छ त्यस ठाउँमा मानिस, अटो, मयुरी तथा साना बोलेरो गाडीहरुको भीडले हेटौंडामा सानै मिनीमेला लागेको जस्तो महशुस हुन्छ ।

साताको दुइदिन खोल्नु अनि खुलमखुल्ला आवतजावत गराउनु नै कोरोना फैलाउनु हो । नाकामा कडाइ नहुनु, थोरै सामान भए पनि बजारै गएर खरिद गरिनु, पसलमा सेनिटाइजर प्रयोगमा नराख्नु, सामान खरिदको बेला लामबद्ध नगरिनु, चिउँडोमा माक्स राखी तरकारी र अन्य वस्तुविक्री गरिनु जस्ता क्रियाकलापले शहरदेखी गाउँसम्म कोरोना फैलिने पक्कापक्की रहेको देखिन्छ ।

खाद्यान्न बोक्न अटो प्रयोग भएता पनि अधिकांश मानिस हिडेर बजार पुगी सामान खरिद गरी ल्याएका छन् । मकवानपुरगढी ४ कुसुमटारबाट विहान सामरी पुल पुगी बजार गई आवश्यक सामान खरिद गरी ल्याएको स्थानीय बताएछन् ।

विहान ५ बजे पछि खुल्ला भएको बजार ८ बजे बन्द भयो अब खरिद गर्न बाकीँ उपभोक्ता शुक्रबार कुरेर बस्नुपर्ने छ र शुक्रबार पुनः प्रदेश राजधानी हेटौंडामा मिनीमेला लाग्नेछ र कोरोना भाइरस फैलिने छ आजको जस्तै अवस्था आए । अधिकांश उपभोक्ता र व्यवसायीको सातामा कि पुरै बन्द गर्ने कि विहान निश्चित समय सम्म सातै दिन खोलिनुपर्ने भनाइ रहेको पाइन्छ । यस पटक खाद्यान्न मात्र होइन दुध र तरकारी पनि पूर्णरुपमा बन्द नै गरिएको छ । गाउँमा उत्पादित तरकारी खेतमा कुहिन थालेका छन् भने दुध फाँक्नुपर्ने अवस्था आइसकेको किसानहरुको गुनासो छ । उनीहरुको एउटै माग छ प्रशासनको ध्यान हामीतिर नि जाओस् ।

तस्विरहरु: श्रीराम अर्जुन

No description available.No description available.No description available.No description available.No description available.No description available.