मुख्य खबरसमाचारफिचर

भर्जुअल माध्यमबाट प्रदेशका एकै साथ ११ पुल उद्घाटन

संवाददाता

हेटौंडा \ बागमती प्रदेशका विभिन्न जिल्लामा निर्माण भएका ११ वटा पक्की पुल तथा झोलुङ्गे पुलको आज सोमबार भर्जुअल माध्यमबाट एकै साथ उद्घाटन् गरिएको छ । प्रदेशको भौतिक पूर्वाधार विकास मनत्रालयको आयोजनामा १० वटा पक्की पुल र एक वटा झोलुङ्गे पुलको प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले भर्जुअल माध्यमबाट हेटौंडामा एक साथ उद्घाटन् गर्नु भएको हो ।

प्रदेशको मेलम्ची चोक्यु पुल, भक्तपुरको महादेव खोला पुल, सिन्धुपाल्चोकको याम्वालिंग झोलुङ्गे पुल, भक्तपुरको मजुवा खोला पुल, काठमाडौं विष्णुमति खोला पुल, धोबी खोला पुल, चितवनको भवानीपुर उत्तराखण्ड भण्डार सडक पुल, चितवनको चानौनी अमृतनगर दाद्रेनी पुल, नुवाकोटको ढुंगे खहरे कल्भर्ट लिखुखोला पुल, धादिङको डुडुरे खोला पुल र धादिङकै पलाखु खोला पुल निर्माण सकिएपछी उद्घाटन् गरिएको हो ।

३ सय ९७ मिटर लम्वाईको एक दर्जन पुल निर्माण गर्नका लागि प्रदेश सरकारको २५ करोड ३८ लाख ५३ हजार रुपैयाँ खर्च गरेको छ ।