मुख्य खबरसमाचारफिचर

मकवानपुरबासीको जिवनदाता बन्दै वाग्ले

संवाददाता

 खबरबाकस \ कोरोना महामारीको दोस्रो लहर बढ्दै गर्दा मकवानपुर सहित देशका ठुला भनिएका अस्पतालमा अक्सिजनको अभाव सिर्जना भयो । कोरोना संक्रमितको संख्या बढ्दै गएकाले अक्सिजनको. अभाव भएको हो । अक्सिजन अभावकै कारण देखाउदैं कोभिड अस्पताल सञ्चालन गरेको हेटौंडाका चुरेहिल हस्पिटल र मकवानपुर सहकारी अस्पतालले उपचार गर्न नसक्ने भनी विज्ञप्ती नै निकाले ।

हेटौंडामा चरम अक्सिजन अभाव हुदै छ भनी हेटौंडा अस्पतालले पनि विज्ञप्ती जारी गर्यो । सामाजिक अभियान्ता, व्यक्ति र सामाजिक संघसंस्था, प्रहरी कार्यालय अनि स्थानीय तह भने पछिल्लो समय जागरुक भई अक्सिजन सिलिण्डर संकलन तर्फ लागेको छ ।

यता लायन्स क्लब ईन्टरनेशनल ३२५ बी २ नेपाल एरिया २ मकवानपुर तथा जिल्ला प्रहरी कार्यालय मकवानपुरको समन्वयमा निशुल्क अक्सिजन बैंक संचालनमा ल्याइएको छ । वैशाख १६ गतेबाट नै सञ्चालनमा ल्याइएको अक्सिजन बैंकमा सुरुवाती चरणमा लायन्स/लियो क्लबका पदाधिकारीहरुबाट रकम संकलन गरी ३० थान सिलिण्डर खरिद गरी निशुल्क सेवा प्रदान गरीएको अक्सिजन बैंकका संयोजक तथा लायन्स क्लब अफ हेटौंडा ग्रिनसिटीका अध्यक्ष राजेश वाग्लेले सिधाखबरलाई बताए ।

हामीले निशुल्क सिलिण्डर दिने छौं प्रयोग भएको ४ दिन भित्र हामीलाई सेवाग्राहीले फिर्ता गर्नुपर्ने छ वाग्लेले भने । हाल सम्म एक सय भन्दा बढीले बैंकबाट सेवा लिइसकेको बताउदैं वाग्लेले हामीलाई प्रशासन, गैरसरकारी संस्था र सामाजिक अभियान्ताहरुले सहयोग गर्दै आएरहेको बताए । देशको जुनसुकै स्थानमा सिलिण्डर लिन जानआउन प्रशासनले अनुमती दिएको छ र स्थानीय क्रसर तथा उद्योगधन्दाबाट पनि सिलिण्डर उपलब्ध भइरहेको बताए ।

बैंकबाट सिलिण्डर निशुल्क लिएर आफ्नो उपचारमा सहज भएको एक सेवाग्राहीले बताए । मान्छे जीवन बचाउने लायन्स परिवार र राजेश वाग्लेलाई यस्तो पुण्यको काम गरेकोमा धन्यवाद दिदैं बैंकको कामले निरन्तरता पाओस् भन्दै सेवाग्राहीले धन्यवाद दिएका छन् ।