
बकैया \ मकवानपुरको पूर्वी क्षेत्रमा पर्ने बकैया गाउँपालिकाको एक सामुदायिक वनमा मानव कंकाल फेला परेको छ । आइतबार बकैया–८ का स्थानीयले जंगलमा च्याउ खोज्ने क्रममा मानव कंकाल देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।
बकैया–८ मा रहेको बकैया ठाकुर सामुदायिक वनमा मानव कंकाल फेला परेको मकवानपुर प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले बताउनुभएको छ । फेला परेको मानवको जस्तो देखिने खप्पड (कंकाल) को मुचुल्का उठाई आवश्यक अनुसन्धान सुरु गरिएको जनाइएको छ ।
प्रवक्ता रिमालले घटनाको थप अनुसन्धान हुने बताउनुभएको छ । घटना स्थलमा मानव खप्पर मात्र फेला परेको छ प्रवक्ता रिमालले भने,‘घटना स्थलमा खप्पर मात्र होकी,अरु पनि छन् कि कंकाल कसैले उठाएर राखेका हुनुसक्ने अथवा के हो अनुसन्धान गर्न बाकीँ रहेको बताउनुभयो ।-तस्विर गुगल








