मुख्य खबरसमाचारफिचर

पिसीआरको रिर्पोट अब एसएमएसमा, कोभिड हटलाईन सेवा सुरु

संवाददाता

खबरबाकस \ कोभिड १९ परिक्षणको नतिजा अब मोवाईलमा एसएमएस गरिने भएको छ । मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान (हेटौंडा अस्पताल)ले हेटौंडा अस्पतालमा गरिएको परिक्षणको रिर्पोट अब सम्बन्धित व्यक्तिलाई रिर्पोट नेगेटिभ /पोजेटिभ जे भए पनि एसएमएस पठाएर जानकारी गराउने अस्पतालका कोडिभ १९ फोकल पर्सन डा. सागर काफ्लेले बताए ।

अस्पताल परिसरमा रिर्पोट लिनेको भीडभाड बढेकोले अस्पताल प्रशसनले २ जना कर्मचारी राखी मोवाइलमा एसएमएस पठाएर जानकारी दिने र इमेलको पहुँच हुनेलाई लिन्क पठाउने कार्य पनि गरिने डा. काफ्ले बताए ।

कोरोना लक्षण, विरामी पश्चातका सल्लाह सुझाव लिनदिनकबा लागि अस्पतालले हटलाइन नम्बर प्रयोग गरी सेवा प्रदान सुरुवात गरेको छ । कोभिड हटलाइन भन्दै ९७४१८६९५३५ नम्बर प्रयोगमा ल्याइएको डा. काफ्लेले बताए ।