मुख्य खबरसमाचारफिचर

आइतबार हेटौंडाका चार संक्रमितको मृत्यु

संवाददाता

हेटौंडा \ मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौंडा अस्पतालमा आइतबार बिहान ४ कोरोना संक्रमितको मृत्यु भएको छ । हेटौंडा–१४ कि ७४ वर्षीया महिला, हेटौंडा-१४ की ४८ बर्षीया महिला, हेटौंडा-८ की ६१ बर्षीया महिला र हेटौंडा-२ का ६४ बर्षीय एक पुरुष गरी ४ जना कोरोना संक्रमित बिरामी मृत्यु भएको हो ।

मृतक सबैको आज बिहान उपचारको क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ । मृतक चारै जना वैशाख २६ गते यता कोरोना पोजेटिभ पुष्टिभएका बिरामी हुन । स्वासप्रश्वासमा समस्या भएपछि हेटौंडा अस्पतालको कोभिड उपचार वार्डको आइसियु कक्षमा भर्ना गरिएका थिए ।