मुख्य खबरसमाचारफिचर

मकवानपुरमा थप १२७ जनामा कोरोना पुष्टि

संवाददाता

खबरबाकस \ मकवानपुरमा आइतबार सात बालबालिका सहित थप १२७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आज हेटौंडा अस्पतालको कोरोना परीक्षण प्रयोगशालामा गरिएको १८६ जनाको स्वाव परीक्षणमा १२७ जनामा कोरोना पुष्टि भएको हेटौंडा उपमहानगरका जनस्वास्थ्य निरीक्षक भोलाप्रसाद चौलागाईले बताएका छन् ।

संक्रमित मध्ये हेटौँडा वडा नम्बर ५ मा सबैभन्दा धेरै २३ जनामा कोरोना पुष्टि भएको छ । संक्रमित मध्ये ५९ महिला र ६८ पुरुष रहेको र संक्रमित मध्ये ७ जना बालबालिका र ७५ वर्षमाथीका ४जना जेष्ट नागरिक रहेको चौलागाईले बताएका छन् ।

No description available.