मुख्य खबरसमाचारफिचर

मकवानपुरमा थप ९० जनामा कोरोना पुष्टि

संवाददाता

मकवानपुरमा शनिबार ९० जना कोरोनाका संक्रमित थपिएका छन् । वैशाख २९,३० र ३१ गते हेटौंडा १० गोरक्षेश्वर स्वाब संकलन केन्द्रमा संकलन गरिएको स्वाव परिक्षण गर्दा ९० जनामा कोरोना पुष्टि भएको हेटौँडा उपमहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक भोलाप्रसाद चौँलागाईले बताएका छन् ।

संक्रमण पुष्टि हुनेहरुमा सबैभन्दा धेरै हेटौँडा उपमहानगरका वडा नम्वर ५ का १३ जना र थाहानगरका १८ जना रहेका छन् । त्यस्तै मकवानपुरगढीका ३ जना, मनहरीका २ जना, भीमफेदीका १ जना र जिल्ला बाहिरको १ जनामा संक्रमण पुष्टि भएको जनस्वास्थ्य निरीक्षक चौलागाईले बताएकाछन् ।

No description available.